१८ असोज , काठमाण्डौ ।
दशैं, तिहारलगायत ठूला चाडपर्व नजिकिएसँगै काठमाडौं उपत्यकाबाट घर फर्किने यात्रुको चाप बढ्न थाल्यो ।
यस वर्ष चाडपर्वका अवसरमा उपत्यकाबाट कम्तीमा ८ लाखभन्दा बढी नागरिक बाहिरिने अनुमान ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार बसपार्क तथा उपत्यका बाहिरिने नाकामा यात्रुको चहलपहलसमेत बढ्न थालेको जानकारी ।
नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका अध्यक्ष पुण्यप्रसाद सिटौलाले पनि चाडपर्वको मुख्य समय नजिकिँदै जाँदा सार्वजनिक सवारीसाधनमा यात्रुको चाप थप बढेको दिए जानकारी ।

यात्रुलाई सहज रूपमा गन्तव्यसम्म पु¥याउन नियमित सेवासँगै आवश्यकताअनुसार अतिरिक्त सवारी सञ्चालनको तयारी ।
चाडपर्वमा यात्रुको अत्यधिक चाप हुने भएकाले टिकट बिक्री, सवारीसाधनको अवस्था, भाडादर र यात्रुको सुरक्षामा निगरानी बढाइएको उल्लेख ।
यात्रुलाई आधिकारिक काउन्टरबाट टिकट लिन र तोकिएको भाडामात्र तिर्न आग्रह ।
यस्तै, सम्भावित भिड व्यवस्थापनका लागि मुख्य सडक तथा उपत्यका बाहिरिने नाकामा थप ट्राफिक प्रहरी परिचालन गरिने ।



