ललितपुरबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

ललितपुरबाट पेस्तोल र गोलीसहित २ जना पक्राउ

१२ जेष्ठ,ललितपुर । ललितपुरबाट पेस्तोल र त्यसमा प्रयोग गरिने गोलीसहित दुई जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका वडा नम्बर ८ बालकुमारीबाट पेस्तोल र त्यसमा लाग्ने गोलीसहित सर्लाहीको लालबन्दी नगरपालिका–१५ घर भएका सुरेन्द्र थिङ र वीरबहादुर बम्जनलाई पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ ।

पक्राउ परेकाको साथबाट ुमेड इन यूएसु लेखिएको एउटा अटोमेटिक पेस्तोल र त्यसमा प्रयोग हुने चार वटा गोली प्रहरीले बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.