विमान दुर्घटनामा ज्यान गूमाएका थप १२ जनाको शव काठमाण्डौ ल्याइयो

१६ जेठ ७९, मंगलबार

१७ जेष्ठ ,काठमाण्डौ । प्रतिकूल मौसमका कारण आइतवार दिउँसो मुस्ताङको थासाङ गाउँपालिका २ सानोसरेमा भएको तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाण्डौ ल्याइएको छ ।

Advertisement

विमान दुर्घटनामा ज्यान गुमाएकामध्ये १० जनाको शव हिजो सोमवार बेलुकी र आज मङ्गलवार थप १२ जनाको शव नेपाली सेनाको एमआई १७ नामक हेलिकप्टरबाट काठमाण्डौ ल्याइएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार काठमाण्डौ ल्याएका शवहरू त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

Advertisement

२२ वटै शवलाई त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम गरेपछि आफन्तको जिम्मा लगाइने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले सोमवार नै विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय दुर्घटना जाँच आयोगसमेत गठन गरेको छ ।

Advertisement

गएको आइतवार बिहान १९ जना यात्रु र तीन जना चालक दलका सदस्यसहित २२ जना बोकेर पोखराबाट जोमसोमका लागि उडेको विमान मुस्ताङको थासाङ गाउँपालिका २ को सानुसरे भिरमा ठोक्किएर दुर्घटना भएको थियो ।

हिजो दिनभर खोज्दा नभेटिएको विमान आज बिहान भेटिएको थियो ।

विमानमा आगो नलागे पनि सिधै पहाडमा ठोक्किएकाले क्षतविक्षत अवस्थामा शवहरू भेटिएका नेपाली सेनाले जनाएको छ । विमानमा १६ जना नेपाली, चार जना भारतीय र दुई जना जर्मन नागरिक थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top