×

NEPAL TIMES UPDATES

Playing
यु द्धको भुमरीमा नेपाली पनि परे, हो र्मुज क ब्जा गर्न हिड्यो अमेरिका|| Nepal Times
Mar 20, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-06-2082 || Nepal Times
Mar 20, 2026
Playing
हावाहुरीसहित वर्षाः जहाज लखनऊ र कोलकाता ‘डाइभर्ट’ || Nepal Times
Mar 20, 2026
Playing
के जनताले भावनामा बगेर रास्वपालाई जिताएका हुन् ? कांग्रेसको समीक्षाले के भन्छ ?|| Nepal Times
Mar 20, 2026
Playing
गगनको असफलताले जन्मियो रास्वपा, गगन–रविको दूरी कसरी बढ्यो ? || Nepal Times
Mar 20, 2026
Playing
इरानले किन हार मानिरहेको छैन् ? नडराउने कारण यस्तो छ ? || Nepal Times
Mar 20, 2026
Playing
बालेनको सपथ यादगार बन्ने, विदेशी पाहुनालाई पनि निम्तो ? || Nepal Times
Mar 20, 2026
Playing
Weather update: दिउँसै अँध्यारो भए काठमाडौँसहित लुम्बिनीका जिल्ला, भीषण वर्षा
Mar 20, 2026
Playing
World News: होर्मुजमा अमेरिकासँग ७ देश उभिने,इरानको तेल खोल्ने,सेना नपठाउने || Nepal Times
Mar 20, 2026
Playing
Iran यु द्धबाट किम जोङ उनले के सिके ? वेट एन्ड सी, ५० हजार परमाणु अस्त्र || Nepal Times
Mar 20, 2026

सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित

१७ जेष्ठ २०७९

१७ जेठ,बुटवल । सरकारले तोकेको भाडा दर नपाएको भन्दै ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् ।

उनीहरुले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा सरोकारवालालाई दबाब दिन जेठ २० गतेदेखि ढुवानी कार्य रोक्ने निर्णय गरेका हुन् ।

Advertisement

पश्चिमाञ्चल यातायात व्यवसायी समिति बुटवलको अगुवाइमा लुम्बिनी प्रदेशका अन्य ट्रक समितिहरु समेतको सहकार्यमा उनीहरु आन्दोलित भएका छन् ।

पश्चिमाञ्चल यातायात व्यवसायी समिति मातहत मात्रै २ हजार बढी ट्रक सञ्चालनमा छन् ।

सरकारले जेठ २ गतेदेखि लागु गरेको भाडा भैरहवादेखि काठमाडौं र पोखराका लागि ३१ हजार ५ सय ८० रुपैयाँ रहेको छ ।

तर उद्योगहरु र ट्रान्सपोर्ट व्यवसायीका कारण सरकारले तोकेको भाडा दर नपाउँदा व्यवसाय संकटमा परेपछि आन्दोलनमा उत्रिनुपरेको पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेले बताए ।

भाडा दर कार्यान्वयन गर्न ट्रक समितिहरुले ट्रकहरुलाई एकै थलोमा पार्किङ गरेर उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई एकद्वार प्रणालीमार्फत ट्रक उपलब्ध गराउने निर्णय गरेका छन् ।

सरकारले तोकेको भाडा दर नदिने उद्योग तथा ट्रान्सपोर्ट व्यवसायीलाई ट्रक नदिने उनीहरुको निर्णय छ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघका केन्द्रीय सदस्य विरेन्द्र यादवले भाडा दर कार्यान्वयनका लागि व्यवसायीले गर्ने आन्दोलनमा महासंघको समर्थन रहेको बताए ।

भाडादर कार्यान्वयनमा सम्बन्धित सरकारी निकायले सहयोग गर्नुपर्नेमा बेवास्ता गरेको यादवले गुनासो गरे ।

ढुवानी व्यवसायी संघ रुपन्देहीका अध्यक्ष श्याम हमालले सरकारले तोकेको भाडा दर कार्यान्वयनमा ढुवानी व्यवसायीले सहयोग गर्ने र कम भाडामा ढुवानी गर्ने व्यवसायीलाई कारवाहीको दायरामा ल्याउने बताए ।

भर्खरको समाचार

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

कम्बोडियामा अलपत्र २० नेपालीको उद्धार, वैदेशिक ठगीको जालो

combodia flag

चुनाव हारेका सभापति गगनले दिए राजीनामा, पदाधिकारीले के गर्लान् ?

gagan thapa

सम्बन्धित खबरहरु

Scroll to Top