जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज आफन्तलाई बुझाइँदै

जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज आफन्तलाई बुझाइँदै

१९ जेष्ठ, काठमाडौँ । तारा एअरको जहाज दुर्घटनामा ज्यान गुमाएकाको शव आज परिवार तथा आफन्तलाई हस्तान्तरण गरिँदैछ ।

गएको आइतवार पोखराबाट मुस्ताङको जोमसोम उडेको तारा एअरको ट्विनअटर जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ कोवाङमा दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका थिए । सबै शवको पोस्टमार्टम गर्ने काम सकिएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट आज मृतकका परिवारलाई शव हस्तान्तरण गरिँदैछ । दुर्घटनामा ज्यान गुमाएका चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जर्मन नागरिकको शव सोमवार र मङ्गलवार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाण्डौ ल्याइएको थियो ।

दुर्घटना भएको जहाजको खोजीकार्य तथा शव सङ्कलनका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टोली खटिएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.