प्रहरीले जाहेरी लिएपछि अछाममा मृतक परिवारले शव बुझे

२६ जेठ, धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १५ वर्षीय किशोर विनोद शाहीको परिवारले शव बुझेको छ ।

जेठ १७ गते रातिदेखि बेपत्ता शाही ६ दिनअघि घर नजिकैको स्थानीय जंगलमा मृत अवस्थामा फेला परेका थिए ।

परिवारले हुलाकमार्फत १३ जनाविरुद्ध दिएको किटानी जाहेरी प्रहरीले दर्ता गरेपछि बिहीबार शव बुझेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी भोलाबहादुर रावलले मृतकका परिवारले शव बुझेको जानकारी दिए ।

‘परीक्षणपछि मृतकका आफन्तले शव बुझ्नुभएको छ,’ एसएसपी रावलले भने, उहाँहरुले ‘हुलाकमार्फत पठाउनुभएको किटानी जाहेरी पनि दर्ता भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय अछामले क–कसकाविरुद्ध किटानी जाहेरी परेको छ भन्ने कुरा गोप्य राखेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कैलाश विष्टले किटानी जाहेरीमा उल्लेख गरिएका नाम सञ्चार माध्यमलाई दिन नमिल्ने बताएका छन् ।

प्रहरी स्रोतकाअनुसार पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, जिल्ला समन्वय समितिकी उपप्रमुख दानमती शाही, पूर्ववडाध्यक्ष सज्जनबहादुर शाही, स्थानीय महेन्द्र शाही, देवेन्द्र शाही, शान्ति शाही, रामबहादुर शाहीसहितका १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो ।

स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो ।

सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो ।

सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।

घटनाको अनुसन्धानका लागि संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी जनकराज पाण्डे, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का डीएसपी मनोहरप्रसाद भट्ट नेतृत्वको टोली तालिमप्राप्त कुकुरसहित खटिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top