सर्लाहीमा आफ्नै मामाको हत्या गर्ने भान्जा पक्राउ

२७ जेठ ७९, शनिबार

२८ जेठ, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकामा आफ्नै मामाको हत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

Advertisement

लालबन्दी नगरपालिका– ११, हिरापुरका ३१ बर्षीय रवि विकले शनिबार बिहान आफ्नै मामा ४५ वर्षीय अशोक विकको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए ।

मृतक अशोक भने लालबन्दी–१७, रानीगञ्जका वासिन्दा हुन् ।

Advertisement

प्रहरीका अनुसार रविको काकाको तरकारी बारीमा दुबै जना काम गरिरहेको बेला विवाद हुँदा रविले अशोकको टाउकोमा बाँसको भाटाले हिर्काएका थिए ।

गम्भीर घाइते भएका अशोकलाई उपचारका लागि अस्पतालतर्फ लग्दै गर्दा बाटोमा नै मृत्यु भएको डीएसपी बुढाथोकीले जानकारी दिए ।

Advertisement

रविलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top