सेयर बजारको ओरालो लागेको लागै

२९ जेठ ७९, सोमबार

३० जेठ, काठमाडौं । सेयर बजारको ओरालो यात्रा यस साताको पहिलो कारोबार दिन सोमबार पनि निरन्तर रह्यो ।

१५।८२ अंकले घटेको बजार २०३२।३४ बिन्दुमा ओर्लिएको छ । बजेट १५ जेठ पछि एक दिन मात्र बढेको बजार अन्य दिन भने निरन्तर घटिरहेको छ ।

लगानीकर्ता अहिले पनि पर्ख र हेरको अवस्थामा रहँदा बजारले गति समात्न सकेको छैन ।

सोमबार २३० कम्पनीको २० हजार ७७४ वटा कारोबारबाट २९ लाख २० हजार ७०५ कित्ता सेयर किनबेच भएको छ ।

यस दिन कारोबार रकम झनै खुम्चिएको छ ।

पछिल्लो समय शुक्रबारबाहेक अन्य दिन अर्बको आंकडामा पुग्ने कारोबार रकम सोमबार भने ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैयाँमा खुम्चिएको छ । सोमबार कुनै पनि उपसमूहमा हरियो देखिएन ।

सबैभन्दा धेरै जीवन बीमा कम्पनीहरुको लगानीकर्ताले गुमाए । सोमबार बलेफी हाइड्रोपावरको मूल्य ९।९९ प्रतिशतले बढ्दै २८९।३० रुपैयाँमा कारोबार भयो ।

ग्रिन भेन्चर लिमिटेडको मूल्य समेत ९।९८ प्रतिशतले बढेर ३२०।७० रुपैयाँ पुगेको छ ।

युनिलिभर नेपालको मूल्य ४।१० प्रतिशतले बढ्दै १८ हजार १ सय पुग्यो । यस दिन मानुषी लुघवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै धेरै ५।४० प्रतिशतले घटेर १०४७।२० रुपैयाँमा आएको छ ।

 

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top