महिला टी २० च्याम्पियनसिपका लागि महिलाको टिम घोषणा

३० जेठ, काठमाडौं । एसीसी महिला टी २० च्याम्पियनसिपका लागि महिला टिम घोषणा भएको छ ।

असार ३ देखि ११ सम्म मलेसियामा हुने प्रतिायोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले कप्तान रुविना क्षेत्री कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ ।

यू१९ महिला टिमबाट बायाँ हाते मिडियम पेस बलर मनिषा उपाध्याय पहिलो पटक सिनियर टिममा परेकी छिन् ।

सिनियर टिमबाट राम्रो खेलिरहेकी हिरन्मई टिममा नपर्दा उनले पहिलो पटक टिममा परेकी हुन् ।

बाबुको नागरिकता नभएका कारण हिरन्मईको विदेश जाने कागजात बनेन । त्यसैले उनी टिममा नै परिनन् ।

Scroll to Top