एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजिरहेको छः प्रकाशशरण महत

५ असार, वीरगञ्ज । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्टेट पार्टनरसीप प्रोग्राम एसपीपीलाई राष्ट्रियतासँग जोडेर एमालेले आक्रमण गर्न खोजेको आरोप लगाएका छन् ।

वीरगञ्जमा भएको पत्रकार भेटघाटमा उनले एमालेले आक्रमण गर्न खोजे पनि अहिले त्यो विफल भएको दावी गरे ।

‘स्थानीय चुनाव हारेको अवस्थामा फरि कुनै एउटा राष्ट्रियतासँग जोडिएको मुद्दा खोजेर आक्रमण गर्दा सहज हुन्छ कि भनेर आक्रमण गरेका रहेछन्,’ उनले भने, ‘आरोप प्रत्यारोपको कुनै अर्थ छैन । सम्पूर्ण कुरा थाहा भइसकेको छ ।’

नेपाली कांग्रेस र कांग्रेसको नेतृत्वका सरकार नेपालको स्वार्थ र हितलाई केन्द्रित गरेर मात्रै परराष्ट्र नीति सञ्चालन गर्ने बताउँदै उनले स्टेट पार्टनरसीपको विषयमा पनि त्यसै हुने उनको दावी छ ।

स्टेट पार्टनरसीप प्रोग्राम कुनै सैन्य गठबन्धन नभएको दाबी गर्दै पूर्व परराष्ट्रमन्त्रीसमेत रहका उनले भने, ‘सैन्य गठबन्धनतर्फ उन्मुख हुन्छ कि भन्ने चासो र चिन्ता हुन्छ । त्यसलाई ध्यानमा राखेर सहभागी नहुने कुरा प्रधानमन्त्रीले भनिसक्नुभएको छ ।’

महतले संघ र प्रदेशको निर्वाचनमा पनि गठबन्धनको आवश्यकता रहेकोमा जोड दिए । कुनै एउटा दलले पूर्ण बहुमत ल्याउने कुरा कठिन रहेको बताउँदै उनले चुनाव अघि नै गठबन्धनका लागि सहमति हुनुपर्नेमा जोड दिए ।

प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतले चुनावपछि सरकार बनाउन दल खोज्दै हिँड्नु भन्दा अहिले नै गठबन्धन गरेको राम्रो हुने सुझाव दिए ।

स्थानीय तहमा भएको गठबन्धन तालमेलमा भएका कमीकमजोरीको समीक्षा गरेर कसरी अघि जाने भनेर निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

केपी ओली सरकारले कोभिड–१९ को राम्रोसँग व्यवस्थापन गर्न नसकेको, भ्रष्टाचार बढेको र संवैधानिक मर्यादा कायम राख्न नसकेकोले गठबन्धन गरेको बताउँदै उनले त्यसको निरन्तरता आवश्यक रहेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top