हिजो उकालो लागेको सेयर बजार आज दोहोरो अङ्कले घट्यो

१२ असार ७९, सोमबार

१३ असार ,काठमाण्डौ । हिजो आइतवार झन्डै ९५ अङ्कले बढेको शेयर बजार आज सोमवार भने दोहोरो अङ्कले घटेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ८५ अङ्कले घटेर एक हजार नौ सय ३३ दशमलव १३ विन्दुमा झरेको छ ।

आज जीवन बीमा र लगानी समूहबाहेक सबै समूहको शेयर घटेको छ ।

Advertisement

दुई सय २९ वटा कम्पनीको ५६ लाख ४१ हजार कित्ता शेयर दुई अर्ब चार करोड ४८ लाख रुपैयाँमा कारोबार भएको छ ।

सबैभन्दा धेरै नागरिक लगानी कोषको १५ करोड ६५ लाख रुपैयाँको शेयर किनबेच भयो ।

Advertisement

आज सबैभन्दा धेरै उन्नति सहकार्य लघुवित्तको शेयर १० प्रतिशतले घटेको छ ।

समग्रमा बजार घटे पनि सीवाईसी लघुवित्त र न्यादी हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले तथा लाइफ इन्सुरेन्स कर्पोरेशन नेपालको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top