जसपाले २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलायो

जसपाले २७ र २८ गते वीरगञ्जमा केन्द्रीय समितिको बैठक बोलायो

१६ असार, काठमाडौं । जनता समाजवादी पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

जसपा केन्द्रीय कार्यालयका प्रमुख प्रकाश अधिकारीका अनुसार असार २७ र २८ गते वीरगञ्जमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको हो ।

५०७ सदस्यीय जसपाको केन्द्रीय समितिमा हाल ४९९ सदस्य छन् ।

फुटको संघारमा रहेको जनता समाजवादी पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराईबीच अलग हने विषयमा छलफल भइसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.