इन्डोनेसियामा दुई हप्तामा दुई शक्तिशाली भूकम्प, करिब ५०० को मृत्यु

मताराम, भदौ ३
इन्डोनेसियाको पर्यटकीय द्वीप लोम्बोकमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परी १० जनाको ज्यान गएको उद्धारकर्मीहरुले जानकारी दिएका छन् ।भूकम्पका कारण लोम्बोकमा विद्युत सेवा अबरुद्ध भएको छ भने ठाउँठाउँमा पहिरो गएको छ । आवासीय र कार्यालय भवनहरुमा ठूलो क्षति पुगेको बताइएको छ । स्थानीय नागरिकमा त्रास छाएकोले गएराति उनीहरु घरभित्र बस्न सकेका थिएनन् ।

Advertisement

दुई साताको बीचमा लोम्बोकमा गएका दुइओटा यस्तै ठूला भूकम्पका कारण उनीहरुमा त्रास छाएको हो । यी शक्तिशाली भूकम्पले त्यहाँ ठूलो जनधनको क्षति भएको बताइएको छ ।यी शक्तिशाली भूकम्पबाट करिब ५०० मानिसको मृत्यु भइसकेको छ । अधिकारीहरुले यो सङ्ख्या अरु बढ्न पनि सक्ने बताएका छन् । दुई साताअघिकै भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या बढिरहेका बेला आइतबार फेरि अर्को भूकम्प गएको छ ।

अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) का अनुसार आइतबार साँझको पहिलो भूकम्प ६.९ म्याग्नीच्यूडको थियो । त्यस्तै आइतबारै साँझ अर्को परकम्प ६.३ र ५.४ म्याग्नीच्यूडका गएका छन् । यी सबै भूकम्पहरु लोम्बोक द्वीपको उत्तरपूर्वमा केन्द्रित भएका छन् ।

Advertisement

एपीका एकजना स्थानीय संवाददाताका अनुसार लगातारका भूकम्प र परकम्पका कारण मानिसमा भागदौड मच्चिएको र विद्युत सेवा कटौती भएको छ । तथापि धनजनको क्षतिको सम्पूर्ण विवरण भने अझै प्राप्त भइसकेको छैन ।आइतबार साँझको भूकम्पबाट हिजो नै १० जनाको ज्यान गएको बताइएको थियो । उक्त भूकम्पको प्रभावित क्षेत्रमा उद्धारको कामलाई अझै पनि सशक्त बनाउन सकिरहेको छैन । अधिकारीहरुले उद्धारको काम जारी रहेको बताएका छन् ।

लोम्बोकमा यही अगष्ट ५ मा (१४ दिन अघि) गएको ७.० रेक्टर स्केलको भूकम्पमा परी ५०० जनाको मृत्यु भएको थियो, भने हजारौँ घर भत्किएका कारण लाखौँ मानिस अझै विस्थापित अवस्थामा छन् ।इन्डोनेसियाको पूर्वी क्षेत्र भूकम्पीय जोखिमका रुपमा चर्चित छ । उक्त क्षेत्रमा बारम्बार भूकम्प र पराकम्पहरु आइरहेको हुन्छ । सन् २००४ डिसेम्बरमा पनि इन्डोनेसियाको सुमात्रामा ९.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प र सुनामीबाट एक दर्जन मुलुकका तटीय क्षेत्रका दुई लाख ३० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।
रासस/एएफपी

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top