५ साउन, विराटनगर । लिम्बुवान किराँत प्रदेश घोषणा गर्न माग गर्दै विराटनगरमा प्रदर्शन भएको छ ।पहिचानका आधारमा प्रदेशको नाम घोषणा गर्न माग गर्दै विभिन्न जिल्लाबाट विराटनगर आएका पहिचानवादीहरुले आज मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।प्रदर्शनकारीले पहिचानविनाको प्रदेश नमान्ने चेतावनी दिएका छन् ।