आज राति प्रदेश–१, गण्डकी प्रदेशका केही स्थानमा ठूलो वर्षाको सम्भावन

९ साउन, काठमाडौँ । गएरातिदेखि पहाडी क्षेत्रका धेरै ठाउँमा पानी परिरहेको छ ।

Advertisement

काठमाण्डौ उपत्यका, प्रदेश–१ र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

राति पानी परेका केही ठाउँमा भने अहिले पानी पर्न रोकिएको छ ।

Advertisement

अहिले पानी परिरहेका ठाउँमा पनि केहीबेरमा पानी रोकिने र दिउँसोपछि फेरि पर्ने सम्भावना रहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिइन् ।

उनका अनुसार पहाडी क्षेत्रका केही ठाउँमा आज हल्कादेखि मध्यम खालको वर्षाको सम्भावना छ ।

Advertisement

यस्तै, राति भने प्रदेश–१ र गण्डकी प्रदेशका एक/दुई ठाउँमा ठूलो वर्षाको अनुमान गरिएको छ ।

राति बाढी पहिरोको जोखिम हुन सक्ने भएकाले सावधानी अपनाउन मौसविद्को आग्रह छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top