दिलमाया सुनार हत्याका आरोपित लाई जेल चलान गर्न सवोच्चको आदेश

दिलमाया सुनार हत्याका आरोपित लाई जेल चलान गर्न सवोच्चको आदेश

९ साउन , काठमाण्डौ ।

 लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या गरेको आरोप लागेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका खिलबहादुर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् ।काठमाण्डौ जिल्ला अदालतको आदेशमा श्रेष्ठ आज सोमवार केन्द्रीय कारागार चलान भएका जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ । सुनारको शव गएको असार ११ गते काठमाण्डौको तारेश्वर नगरपालिका नेपालटारको आफ्नै कोठामा भेटिएको थियो ।सुरुमा हेर्दा घटना आत्महत्या जस्तो देखिए पनि अनुसन्धान गर्दै जाँदा सुनारको घाँटीमा डाम देखिएपछि प्रहरीले हत्या भएको आशङ्कामा सम्भावित आरोपीको खोजी गरेको थियो । अनुसन्धानका क्रममा सुनारको श्रीमान् भन्दै सातरआठ महिनादेखि उनीसँगै बस्ने सिन्धुपाल्चोकका खिलबहादुर श्रेष्ठलाई पक्राउ गरेर अनुसन्धान सुरु भएको थियो । श्रेष्ठले बयानका क्रममा असार १० गते बेलुका ८ बजे सुनारको कोठामा गएर ११ गते बिहान ४ बजे सुनारको हत्या गरेर भागेको बताएको र अन्य प्रमाणका आधारमा प्रहरीले रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय पठाएको थियो ।सरकारी वकिलले दर्ता गराएको मुद्दामा हिजो आइतवार काठमाण्डौ जिल्ला अदालतले श्रेष्ठलाई पुर्पक्षका लागि केन्द्रीय कारागारमा पठाउने आदेश दिएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.