×

NEPAL TIMES UPDATES

Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026

कङ्गोमा राष्ट्रसंघीय मिसनविरुद्ध किन चर्कियो द्वन्द्व ?

११ श्रावण २०७९

११ साउन, एजेन्सी ।

प्रजातान्त्रिक गणतन्त्र कंगोमा राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार कंगोको पूर्वी सहर गोमामा देशमा रहेको राष्ट्रसंघीय मिसनविरुद्ध भएको प्रदर्शनको दोस्रो दिन कम्तीमा पाँच जनाको मृत्यु भएको छ । करिब ५० जना घाइते भएका छन् ।

Advertisement
Advertisement

एक दर्जन प्रदर्शनकारी मारिएको अपुष्ट विवरणहरु पनि आएका छन् । प्रदर्शनकारीको आक्रमणमा परि संयुक्त राष्ट्र शान्ति मिसनमा सहभागी दुई भारतीय सीमा सुरक्षा बल बिएसएफका जवानको पनि ज्यान गएको छ । उनीहरु मंगलबार हिंसात्मक प्रदर्शनका क्रममा मारिएका बलका प्रवक्ताले पुष्टि गरेका छन् ।

यता भारतीय विदेश मन्त्री एस जयशंकरले दुई बहादुर भारतीय शान्ति सैनिकको मृत्युमा गहिरो शोक व्यक्त गर्दै दोषीलाई न्यायको कठघरामा ल्याउन माग गरेका छन् । संयुक्त राष्ट्रसङ्घले पनि डीआर कङ्गोमा चर्किएको द्वन्द्वका कारण तीन शान्ति सैनिकले ज्यान गुमाएका र अन्य केही घाइते भएको पुष्टि गरेको छ । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसका उप प्रवक्ता फरहान हकका अनुसार बुटेम्बो बेसमा हिंस्रक आक्रमणकारीहरूले कङ्गोली प्रहरीबाट हतियार खोसेर कर्मचारीहरूमाथि गोली प्रहार गरे, जसमा दुई बीएसएफ जवान र तीन अन्य संयुक्त राष्ट्र मिशनका कर्मचारीहरू मारिए ।

डीआरसीको बुटेम्बोमा भएको दंगामा अर्का एक शान्ति सैनिकको पनि मृत्यु भएको तर उनको राष्ट्रियता भने खुलाइएको छैन । हकले भने कि भीडले संयुक्त राष्ट्र संघका सेनाविरुद्ध ढुङ्गा र पेट्रोल बम हानेर पूर्वी डीआरसीमा लुटपाट गरी आगो लगाए। डीआरसी मिसनमा भारतका १३९ प्रहरी र १,८८८ सैन्य कर्मचारी समावेश रहेको भारतीय संचारमाध्यामहरुले जनाएका छन् । कंगोमा नेपाली शान्ति सेना पनि छन् ।

नेपाली सेनाले भने त्यहाँ परिचालित नेपाली सैनिकहरू सुरक्षित रहेको जनाएको छ । नेपाली सेनाका प्रवक्ताले द्वन्द्व चर्किएको क्षेत्रमा नेपाली शान्ति सैनिकहरूको ठूलो टोली नरहेको र त्यहाँ खटिएका स्टाफ अधिकृतहरूलाई सुरक्षित स्थानमा लगिएको बताएका छन् । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले शान्ति सैनिकमाथि गरिएको आक्रमण युद्ध अपराध हुन सक्ने भन्दै डीआर कङ्गोको सरकारलाई उक्त घटनाको अनुसन्धान गर्न ध्यानाकर्षण गराएका छन् ।

Advertisement

संयुक्त राष्ट्रसङ्घको शान्ति मिशन मोनुस्कोले हिंसा र राष्ट्रसङ्घका सम्पत्ति लुटपाट भएका घटनामा प्रदर्शनकारीको भेषमा आएका अपराधीहरू संलग्न रहेको आरोप लगाएको छ । उसका अनुसार उनीहरूले कङ्गोका प्रहरीको हतियार खोसेर गोली चलाएका थिए । खनिज पदार्थमा धनी डीआर कङ्गोको पूर्वी भागमा दशकौँदेखि सशस्त्र समूहहरू सक्रिय छन् । तिनले गर्ने हिंसात्मक गतिविधि नियन्त्रण गर्न विफल भएको भन्दै डीआर कङ्गोमा मोनुस्कोप्रति आक्रोश व्यक्त हुँदै आएको छ ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top