ओशो तपोवनमा सन्न्यासी बने सीके राउत

११ साउन ७९, बिहीबार

१२ साउन, काठमाण्डौ ।

भ्रष्टाचार र बेथितीलाई आफ्नो राजनीतिक आन्दोलनको एजेन्डा बनाउदै आएका जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. चन्द्रकान्त राउत अर्थात सीके राउत काठमाडौंको ओशो तपोवन आश्रम पुगेर ‘सन्न्यास’ लिएका छन् । तपोवनका संस्थापक स्वामी आनन्द अरुणले मन्त्र प्रदान गर्दै उनलाई ‘सन्यासी’ बनाएका हुन् । डा. राउत एक साताअघि ओशो तपोवन पुगेका थिए ।

सात दिनसम्म ध्यानमा बसेपछि उनी सन्न्यासका लागि योग्य बनेका हुन् । यस सम्प्रदायभित्र संन्न्यासलाई समाजबाट स्वतन्त्र हुनु भन्ने बुझिन्छ । ‘स’ ले समाजलाई र ‘न्यास’ ले स्वतन्त्रतालाई जनाउँछ । यद्यपि, सन्न्यास लिएकाहरुले घरपरिवार छोडेर बस्नुपर्दैन । ओशो तपोवनमा ध्यान बस्नेहरुमध्ये थोरैले मात्रै सन्न्यास प्राप्त गर्ने गरेका छन् ।

ध्यानका माध्यमबाट आफ्नो विचारलाई नियन्त्रण गर्न सक्ने, सही आचरणमा बस्न सक्ने तथा सांसारिक सुखबाट मुक्त रहन सक्नेहरु सन्न्यासका लागि योग्य ठहरिन्छन् । यही योग्यता प्रस्तुत गरेर डा. राउत सन्न्यासी बनेका हुन् । सन्न्यास लिनेहरुलाई स्वामी आनन्द अरुणले विशेष प्रकारको ओशोको तस्वीर अंकित लकेटसहितको माला र नयाँ नामसमेत प्रदान गर्छन् ।

आनन्द अरुणले अनुयायीहरुलाई सन्न्यासी बनाउने क्रममा निधार र छातीमा हात राख्ने गर्छन् । त्यस क्रममा खासगरी महिला अनुयायीहरु ग्वाँ ग्वाँ रोएको देख्ने गरिन्छ । सन्न्यासपछि पाएको माला आजीवन गलाबाट निकाल्न नमिल्ने बताइन्छ । महिलाको हकमा भने महिनाबारी भएका बखत माला फुकालेर राख्नुपर्छ । सन्न्यास प्राप्त गर्नेहरुलाई ओशोका अनुयायीहरुले अत्यधिक सम्मान गर्छन् । उनीहरुले आफ्नो नामअघि स्वामी लेख्न सक्छन् भने प्रायः सेतो र गेरुवा वस्त्र लगाउने गर्छन् ।

डा. राउतले पनि आफ्नो नयाँ नामअघि स्वामी लेख्न सक्नेछन् । ओशो तपोवनका संस्थापक स्वामी आनन्द अरुणबाट अध्यक्ष राउतले सन्न्यास लिएका हुन् । एक साता अगाडिदेखि तपोवनमा रहेका उनी सन्न्यास लिएपछि माला र नयाँ नाम प्राप्त गरेको बताइएको छ । डा. राउतले लामो प्रतिक्षा पश्चात गुरुजीको सानिध्यता प्राप्त गर्ने अवसर पाएको उल्लेख गरेका छन् । आश्रममा बस्दा धेरै कुरा जान्ने अवसर पाएको भन्दै उनले खुशी व्यक्त गरेका छन् ।‘गुरुको सानिध्य नै सबभन्दा ठूलो कुरा हो, उनले भनेका छन्, ‘मलाई धेरै बोल्न मन लाग्दैन । यहाँ धेरै बसौं र सुनौं जस्तो लाग्छ

सनातन धर्ममा जीवनका चार भाग ( आश्रम ) छन् – ब्रह्मचर्य आश्रम, गृहस्थ आश्रम, वानप्रस्थ आश्रम र सन्यास आश्रम । संन्यास आश्रमको उद्देश्य मोक्ष प्राप्ति हो। संन्यास भनेको सांसारिक बन्धनबाट मुक्त हुनु र निस्वार्थ भावले भगवानलाई निरन्तर याद गर्नु हो। संन्यासलाई शास्त्रमा जीवनको सर्वोच्च अवस्था भनिएको छ। संन्यास व्रत गर्नेलाई संन्यासी भनिन्छ। सन्यासीहरू यस संसारमा रहँदा निर्लिप्त रहन्छन् अर्थात् ब्रह्मचिन्तनमा लीन भई भौतिक आवश्यकताहरूप्रति उदासीन रहन्छन्। अन्तर्राष्ट्रिय जगतगुरु दशनाम गुसाई गोस्वामी एकता अखाडा परिषद्लाई गृहस्थको सबैभन्दा ठूलो अखाडा मानिन्छ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top