×

NEPAL TIMES UPDATES

Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम|| Nepal Times
Apr 21, 2026
Playing
एक लाख मानिसले नदेखेको नेपालीको श*व सिड्नीको सुरुङमा|| Nepal Times
Apr 21, 2026
Playing
अब नक्कली लाइसेन्स बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिन|| Nepal Times
Apr 21, 2026
Playing
Top 15 Afternoon News || April-21-2026 || Nepal Times
Apr 21, 2026
Playing
अब हुने भयो इस्लामावाद वार्ता, को पछि हट्यो ? || Nepal Times
Apr 21, 2026
Playing
गृहमन्त्रीलाई नै प क्रा उ गर्न माग गर्दै प्रहरीमा निवेदन || Nepal Times
Apr 21, 2026
Playing
गिरीबन्धु टि–स्टेट प्रकरणमा तानिन् सक्छन् ओली ?|| Nepal Times
Apr 21, 2026
Playing
यु द्धविराम अन्त्य हुँदै, Iran धम्कीसँग कहिल्यै नझुक्ने || Nepal Times
Apr 21, 2026
Playing
नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर|| Nepal Times
Apr 21, 2026

भारतीय पत्रकार र सल्लाहकारलाई युक्रेनको प्रतिबन्ध

१२ श्रावण २०७९

१२ साउन,एजेन्सी ।
रुस र युक्रेनबीच विगत १५५ दिनदेखि युद्ध चलिरहेको छ । पाँच महिना लामो युद्धबाट हजारौको ज्यान गईसकेको छ भने एक करोड मानिस विस्थापित भएका छन् । तर अमेरिका देखि पश्चिमा राष्ट्र रुसको विरुद्धमा उभिएर युक्रेनलाई सहयोग गरिरहेपनि एसियाका दुई महारथी भारत र चीनले भने रुसविरुद्ध अहिलेसम्म अमवाज उठाएका छैनन् ।

बरु यु्द्धको रापमा रुसबाट कम मूल्यमा ठूलो मात्रामा यी दुई देशले इन्धन आयात गरिरहेका छन् । युक्रेन तथा अमेरिकाले निक्कै लामो समयदेखि रुसविरुद्ध उभिन अपिल गरेपनि यी दुई देशले न आफ्नो मुख रुसविरुद्ध खोलेका छन् नत रणनीति नै । यस्तो अवस्थामा रुसविरुद्ध लचक भएको भारतविरुद्ध युक्रेनले प्रतिबन्ध लगाउन सुरु गरेको छ । युक्रेन सरकारले रुसको ‘प्रोपगाण्डा’ फैलाएको आरोपमा तीन भारतीयलाई कालोसूचीमा राखेको छ । तीन भारतीय बाहेक रुसलाई समर्थन गर्ने अन्य देशका व्यक्तिलाई पनि कालोसूचीमा राखिएको छ ।

Advertisement
Advertisement

यो सूची सेन्टर फर काउन्टरिङ डिसइन्फर्मेसन (सीसीडी) द्वारा प्रकाशित गरेको हो । गत वर्ष राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले राष्ट्रिय सुरक्षा परिषद को एक विभागको रूपमा सीसीडी स्थापित भएको थियो। फेब्रुअरीमा युक्रेनमा रसियाको आक्रमण पछि, सीसीडीले लगातार विश्वमा युद्धको कभरेज विश्लेषण गर्ने रिपोर्टहरू प्रकाशित गर्दछ। यस सूचीमा पूर्व भारतीय कूटनीतिज्ञ पीएस राघवनको नाम सहित करिब ७५ जनाको नाम समावेश छ । राघवनले सन् २०१४ देखि २०१६ सम्म रुसमा भारतको राजदूतको रूपमा पनि काम गरेका थिए।

सूचीमा उनको नाम समावेश हुनुको कारण उनको भनाइ रहेको बताइएको छ, जसमा उनले ‘रुस विरुद्ध युक्रेन, रुस विरुद्ध नेटो जस्तै हो’ भनेका छन् । यस बाहेक पूर्व प्रधानमन्त्री राजीव गान्धी र मनमोहन सिंहका सल्लाहकार रहेका साम पित्रोदाको नाम पनि सूचीमा समावेश छ । साम पित्रोदालाई सूचीमा समावेश गर्नुको कारण उनको बयान हो, जसमा उनले रुसी राष्ट्रपति पुटिनसँग विश्वले सम्झौता गर्नुपर्छ भनेका थिए। मिडिया रिपोर्टका अनुसार जब उनलाई कालोसूचीमा परेको बारे सोधियो, उनी छक्क परे, उनले यसबारे कुनै जानकारी नभएको बताएका छन । यी बाहेक पत्रकार सईद नक्वी कालोसूचीमा परेका तेस्रो भारतीय हुन्।

सूचीमा समावेश गर्नुको कारण उनले युक्रेनी सेनाको विजय पश्चिमा देशहरूमा फैलिएको भ्रम र प्रचारबाहेक केही नभएको बताएका थिए । यस बाहेक पाकिस्तानी राजनीतिक अर्थशास्त्री शकील अहमद रामे पनि यो सूचीमा परेका छन् । सूचीमा उनको नाम समावेश हुनुको कारण पनि उनको बयान हो । जसमा उनले रुसी मिडियालाई पश्चिमी देशहरूमा सेन्सर गरिएको बताएका थिए।

Advertisement

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top