उद्योग संगठन मोरङद्वारा स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत दोस्रो ब्याचको लागि आवेदन खुला

१३ साउन ७९, शुक्रबार
Share this
706shares

१३ साउन, विराटनगर ।

Advertisement

उद्योग संगठन मोरङले स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तरगत पहिलो व्याचलाई बिदाइ गरी दोस्रो ब्याचको लागि आवेदन खुलाएको छ । संगठनले दोस्रो ब्याचको लागि पनि २० वटा स्टार्टअपको लागि आवेदन खुलाएको हो ।

यस कार्यक्रम अन्तर्गत संगठनले नविन व्यवसायिक सोच विचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्न आवश्यक प्राविधिक एवं व्यवसायिक विकास सेवा र वित्तिय एवं अन्य लगानीको पहुँचका लागि सहजिकरण तथा समन्वय गर्दछ ।

Advertisement

संगठनले यस कार्यक्रमको पहिलो चरणमा २० वटा स्टार्टअप व्यवसायहरुलाई निःशुल्क रुपमा आवश्यक पर्ने प्राविधिक विषयहरुमा मेन्टरसिप, कोचिङ तथा परामर्श सेवा, नेटवर्क विस्तारका साथै बुट क्याम्पको आयोजना गरेको थियो ।

संगठनको अनुसार १२ महिना अवधी रहने दोश्रो चरणको कार्यक्रममा प्रदेश नं १ भित्रका नविन व्यवसायीक अवधारणा भएका तथा स्तरोन्नतीको सम्भावना भएका ९२ वर्ष अघिदेखि सञ्चालनमा रहेका० शुरुवाती अवस्थाका नविन उद्यमहरु सहभागि हुन सक्नेछन ।

Advertisement

भदौ १० गतेसम्म इच्छुकले यसमा आवेदन दिन सक्ने संगठनले जानकारी दिएको छ ।

कार्यक्रम कार्यान्वयनका लागि संगठनले प्रदेश सरकार उद्योग श्रम तथा रोजगार मन्त्रालय, बिराटनगर महानगरपालिका, स्विस कन्ट्याक्ट, आसामान नेपाल, पूर्वाञ्चल विश्वविद्यालय, अन्तरप्रेरणा प्रा।ली, नबिल बैंक लिमिटेड, नेपाल युवा उद्यमी मञ्च लगायतका संस्थाहरुसंगको सहकार्य गरेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top