Nepal Times
Nepal Times
3
Shares

एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने

एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन सकिने

१३ साउन, काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा चित्त नबुझे ग्रेडवृद्धिका लागि निवेदन दिन विद्यार्थीलाई सूचित गरेको छ ।

आज सूचना निकालेर बोर्डले २०७८ सालमा साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडवृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले ग्रेडमा चित्त नबुझेमा पुनर्योग गराउन सक्ने जनाएको छ ।

त्यसका लागि विद्यार्थीले शिक्षा विकास तथा समन्वय इकाई वा सोझै कार्यालयमा आउँदो साउन २७ गतेसम्म निवेदन दिन सक्नेछन् ।

बोर्डले बुधवार २०७८ सालको एसईईको नतिजा सार्वजनिक गरेको थियो । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा देशभरबाट ४ लाख ९५ हजार ७ सय ५१ जना विद्यार्थी सहभागी थिए ।

नतिजामा चित्त नबुझेका विद्यार्थीले निवेदन दिँदा प्रतिविषय पाँच सयका दरले रकम खातामा जम्मा गर्नुपर्नेछ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.