Nepal Times
Nepal Times
3
Shares

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

ताइवानको विषयलाई लिएर चीन र अमेरिकाद्वारा एक अर्कालाई चेतावनी

१३ साउन, एजेन्सी । ताइवानको विषयलाई लिएर चीन र अमेरिकाले एक अर्कालाई चेतावनी दिएका छन् ।

दुई देशका राष्ट्रपतिबीच दुई घण्टा चलेको टेलिफोन संवादमा ताइवानको विषयलाई लिएर दुवैले एक अर्कालाई चेतावनी दिएका हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले ताइवानको हैसियत परिवर्तन गर्ने चीनको एक पक्षीय कदम रहेको र त्यसमा आफूहरुको विरोध रहेको बताएका छन् ।

साथै उनले ताइवानबारेको अमेरिकी नीतिमा कुनै परिवर्तन नभएको पनि उल्लेख गरेका छन् । तर चिनियाँ राष्ट्रपति सीले बाइडेनलाई एक चीन नीतिको सिद्धान्त पालना गर्न सुझाव दिएका छन् ।

अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसी ताइवान भ्रमणमा जान लागेको खबरपछि अमेरिका र चीनबीच तनाव थप बढेको छ ।

अमेरिकी परराष्ट्र मन्त्रालयले पेलोसीको कुनै त्यस्तो भ्रमण योजना नरहेको बताएको छ । चीनले यो भ्रमण अघि बढाए गम्भीर परिणाम निम्तिन सक्ने चेतावनी समेत दिएको बीबीसीले जनाएको छ ।

चीनले ताइवानलाई आफ्नै देशबाट अलग रहेको प्रदेशका रूपमा हेर्ने गरेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.