१३ साउन, एजेन्सी । मध्यपश्चिमी अफ्रिकाको एङ्गोलामा गुलाबी रङ्गको एउटा अतिदुर्लभ हिरा फेला परेको छ ।
३४ ग्राम तौल रहेको यो हिरा तीन सय वर्षयताकै सबैभन्दा ठूलो हिरा भएको मानिएको छ ।
लुलो खानीमा फेला परेको १७० क्यारेटको यो हिरालाई ‘लुलो रोज’ नाम दिइएको छ । लुलोमा रहेको हिरा खानीमा भेटिएको यो पाँचौँ ठूलो हिरा हो ।
अङ्गोला सरकार र अस्ट्रेलियाको लुकापा डायमन्ड कम्पनीले त्यहाँ खानी सञ्चालन गरिरहेका छन् । यसअघि १ सय ८५ क्यारेटको ‘दरिया–ए–नुर’ फेला परेको थियो ।
रत्न विशेषज्ञ जोआना हार्डीले लुलो रोज नकाटिएसम्म कति मूल्यमा बिक्री हुन्छ भनेर अनुमान लगाउन नसकिने बताएका बीबीसीले जनाएको छ । गुलाबी हिराहरू अत्यन्तै दुर्लभ हुन्छन् । हार्डीका अनुसार यो रत्न आम नागरिकले हेर्न पाउने सम्भावना न्यून हुन्छ ।
अहिलेसम्म थाहा भएको सबैभन्दा ठूलो गुलाबी हिरा दरिया–ए–नुर भारतमा भेटिएको थियो । त्यो पनि ठूलो पत्थरबाट काटेर निकालिएको हुनसक्ने विज्ञको अनुमान छ ।