मध्यरात थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने असई निलम्बित

१६ साउन, बाँके । मध्यरात थुनामा रहेकी महिलालाई आफ्नो कोठामा लैजाने इलाका प्रहरी कार्यालय कोहलपुरका असई प्रविण चौलागाईँ निलम्बित भएका छन् ।

Advertisement

मुद्दा शाखामा कार्यरत चौलागाईं बिरूद्ध बलात्कार मुद्दा दर्ता भए लगतै उनी निलम्बनमा परेका हुन्।

बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौंपानेका अनुसार प्रहरी आचरण विपरितका काम गरेका चौलागाईँलाई हाल थुनामा राखेर घटनाको अनुसन्धान भइरहेको बताए।

Advertisement

‘मुद्दा दर्ता हुनासाथ चौलागाईँ निलम्बित भइसकेका हुन,’ न्यौंपानेले भने, ‘अदालतबाट सफाइ पाए मात्रै जागिरमा फर्किने सम्भावना रहन्छ नत्र जागिर जान्छ।’

शुक्रबार बिहान २ बजे बहुबिवाह मुद्दामा पक्राउपछि इप्रका कोहलपुरको थुनामा रहेकी एक महिलालाई असई चौलागाईँले मध्यरातमा निकालेर आफ्नो कोठामा पु¥याएका थिए। त्यो थाहा पाएपछि प्रहरी थुनामा रहेका ब्यक्तिले होहल्ला गर्दै बिरोध जनाएका थिए।

Advertisement

शनिबार पीडित महिलाले आफ्ना आमा बुवाको साथ जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा गएर असई चौलागाईँ बिरूद्ध बलात्कार मुद्दा दर्ता गराएकी थिइन्।

असईँ चौलागाईँले सोधपुछको बहानामा मध्यराति आफ्नो कोठमामा पु¥याई आफूलाई यौंन दुर्व्यवहार तथा बलात्कारको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ।

प्रहरीले सोमबार आरोपित चौलागाईँलाई अदालतमा उपस्थित गराउँदैछ। यसअघि जिल्ला अदालत बाँकेले चौलागाईँलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न दिएको म्याद सकिएको हुँदा फेरि म्याद थपका लागि अदालतमा लैजान थालेको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top