रुसको असल साथी बन्यो उत्तर कोरिया ,१ लाख सेना दिन तयार

२३ साउन,एजेन्सी ।

युक्रेनसँगको युद्धमा लड्नका लागि रुसलाई एक लाख स्वयंसेवक लडाकु उत्तर कोरियाले सहयोग गर्ने भएको छ । रुसी सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाले यस्तो प्रस्ताव गरेको जानकारी दिएको हो । अमेरिकाले उच्च क्षमताको रकेट प्रणाली युक्रेनलाई दिने निर्णय गरेसँगै रुसी सञ्चारमाध्यमले यस्तो समाचार प्रकाशित गरेका हुन् । समाचारमा उल्लेख गरिएअनुसार उत्तर कोरियाका एक लाख स्वयंसेवक युद्धमा भाग लिन तयार छन् ।

रुसी सञ्चारमाध्यममा उत्तर कोरियाको सेनाको पनि प्रशंसा गरिएको छ । रुसी सेनाबारे जानकार इगोर कोरोट्चेन्कोले उत्तर कोरियाले युक्रेनको फासीवादविरुद्ध लड्न चाहन्छ भने उसको प्रस्ताव स्वीकार गर्नुपर्ने बताएका छन् । उत्तर कोरियाले पठाउने फौज रुस समर्थक दोनेत्स्क जन गणतन्त्र (डीपीआर) र लुहान्स्क जनगणतन्त्र (एलपीआर)मा परिचालन गरिने जनाइएको छ । ती दुबै क्षेत्रलाई किमले स्वतन्त्र देशको रूपमा मान्यता दिएका छन् ।

‘उत्तर कोरिया आफ्ना १ लाख सेना दोनबास परिचालन गर्न तयार छ’ क्रेमलिन समर्थक एक न्युज एजेन्सीले लेखेको छ , ‘प्योङयाङले आफ्ना रणनीतिक युनिटलाई दोनबास लैजान सक्नेछ । त्यसको बदलामा उसलाई रुसले खाद्यान्न र उर्जा आपूर्ति गर्नेछ । उत्तरले सहयोग गरे रुसले सहर्ष स्वीकार्ने मस्कोले जनाएको छ । मस्कोका रक्षा विशेषज्ञ कर्नल इगोर कोरोत्चेन्कोले रुसी सरकारी टिभीलाई ‘किम जोङ उनले हामीलाई दिएको सहयोग स्वीकार्न लाज मान्नु नहुने बताएका छन् ।

अमेरिकाको न्युयोर्कस्थित काउन्सिल फर फरेन रिलेसन्सका अनुसार उत्तर कोरियाको सेना विश्वको चौथो ठूलो सेना हो । उत्तर कोरियामा सक्रिय सैनिकको संख्या करिब १३ लाख छ । थप ६ लाख रिजर्भ सैनिकको रुपमा रहेका छन् । यद्यपि उत्तर कोरियाले पुरानो हतियार र प्रविधिबाट काम चलाउँदै आएको विश्लेषकहरुको भनाइ छ ।

तर आणविक हतियारको मामिलामा भने उत्तर कोरिया शक्तिसम्पन्न राष्ट्रहरुको बराबरीमा छ । उत्तर कोरियाको प्रस्ताव वमोजिम रुसले प्रस्ताव सवीकार गरे युक्रेन युद्धले नयाँ मोड लिने विश्लेषण गरिएको छ । पछिल्लो समय उत्तर कोरिया र रुस अमेरिका तथा पश्चिमा मुलुकको प्रतिबन्धमा परेका दुई प्रमुख मुलुक हुन् ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top