×

NEPAL TIMES UPDATES

Playing
१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 26, 2026
Playing
ह्वाइट हाउसको रात्रिभोजमा गो*लीबारी, ट्रम्पको आकस्मिक उद्धार|| Nepal Times
Apr 26, 2026
Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026

ज्ञानेन्द्र शाहीले जुम्लाबाट चुनाव लड्ने

२३ श्रावण २०७९

२३ साउन,काठमाण्डौ ।
सामाजिक अभियन्ता बन्दै राजनीतिमा प्रवेश गरेका राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही जुम्लाबाट अगामी प्रतिनिधिसभा निर्वाचन लड्ने भएका छन् । त्यसबारे औपचारिक जानकारी दिन उनले आज पत्रकार सम्मेलन गर्दैछन् ।

आफूलाई समर्थकहरूबाट काठमाडौं २ र वा चितवन ३ बाट चुनाव लड्न सुझाव आएको तर आफूले जन्मभूमि जुम्लालाई रोजेको शाहीले बताएका छन् । उनी जुम्लाको सिंजा गाउँपालिका वडानम्बर ३ निवासी हुन् । एक मात्र निर्वाचन क्षेत्र रहेको जुम्लाबाट २०७४ मा माओवादी केन्द्रका गजेन्द्र महत ‘कार्मा’ निर्वाचित भएका थिए ।

Advertisement
Advertisement

अहिले पनि माओवादीबाट महत र कर्णाली प्रदेशका गृहमन्त्री भइसकेका नरेश भण्डारीको चर्चा रहेको छ । शाहीकै अनुसार पनि जुम्लामा राप्रपा निकै कमजोर छ । गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम अनुसार जिल्लाभरीमा राप्रपाको वडागत मत ५ सय १४ मात्र छ ।

त्यहाँ कांग्रेसको मत १६ हजार ७५, माओवादीको १४ हजार १७५, एमालेको ६ हजार ९६५ र नेकपा एकीकृतको ६ हजार १९५ रहेको छ । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालिन एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का तर्फबाट विन बुढाले उम्मेदवारी दिएका थिए ।

उनले ३८० मतमात्र प्राप्त गरेका थिए । माओवादी केन्द्रबाट निर्वाचित गजेन्द्रबहादुर महतले २२ हजार १ सय ७३ मत ल्याएका थिए । शाहीको वडामा राप्रपाले १६ मत ल्याएको छ । पार्टीको यस्तो कमजोर स्थानमा पनि आफ्नो जन्मभूमि भएकाले यहीबाट चुनाव लड्ने शाहीले बताएका छन् ।

उनी जुम्ली जनताले हराए पनि जिताए पनि त्यसलाई स्वीकार्ने बताउँछन् । शाही २०७८ फागुन ६ गते राप्रपामा प्रवेश गरेका थिए । पार्टी सुशासन विभागका प्रमुखसमेत रहेका शाही महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा गठित समितिको प्रस्तावमा राप्रपा प्रवेश गरेका थिए ।

राप्रपा प्रवेश अघि शाहीले आफूलाई भ्रष्टाचारविरोधी अभियन्ताका रुपमा चिनाएका थिए । राप्रपा प्रवेश अघि नै उनीमाथि राजावादी भएको समेत आरोप लाग्ने गरेको थियो । पछि त्यही आरोपलाई पुष्टि गर्ने गरी उनी राजतन्त्र पुनस्थापनाको मुल एजेन्डा बोकेको राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका थिए ।

Advertisement

भर्खरको समाचार

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

सम्बन्धित खबरहरु

Scroll to Top