ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास

२३ साउन,एजेन्सी ।
चीनले ताइवानको वरपर गर्दै आएको अहिलेसम्मको ठूलो सैन्य अभ्यास आइतबार रोकेको छ । अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि क्रुद्ध बेइजिङले ताइवानको सुरक्षा क्षेत्रमा सैन्य अभ्यास गरेको थियो । यद्यपी ताइवान वरपर लडाकु जेट, युद्धपोत र ब्यालिस्टिक मिसाइलहरूको तैनाथी भने जारी नै राखेको छ, जसलाई विश्लेषकहरूले नाकाबन्दी र टापुको अन्तिम आक्रमणको अभ्यासको रूपमा वर्णन गरेका छन् ।

यसैलाई थप पुष्टि गर्दै चीनले पनि अर्को सैन्य अभ्यासका लागि अहिलेको अभ्यास रोकेको बताएको छ । चीनले अबको सैन्य अभ्यास येल्लो र बोहाइ सागरमा गर्ने बताएको छ । आइतबार नै चिनियाँ सैन्य विश्लेषकले चीनले अब नियमितरुपमा ताइवाननजिकै सैन्य अभ्यास गर्न सक्ने बताएका थिए । चीनले ताइवानलाई आफ्नो प्रान्तको रुपमा लिँदै आएको छ । तर, ताइवानले भने आफू एक छुट्टै स्वायत्त राष्ट्र भएको दाबी गर्दै आएको छ ।

चीन र कोरियाली प्रायद्वीपको बीचमा रहेको येल्लो सागरमा गरिने नयाँ सैन्य अभ्यास अगष्टको मध्यसम्म जारी रहने बताइएको छ । उक्त सैन्य अभ्यासमा लाइभ फायर अभ्यास पनि हुनेछन् । त्यस्तै चीनको पूर्वी क्षेत्रमा अवस्थित बोहाइ सागरमा पनि एक महिना लामो सैन्य अभ्यास सुरु हुनेछ । यसअघि चिनियाँ सेनाका शीर्ष अधिकारीले चीनले ताइवान खाडीको पूर्वी भागमा निरन्तर सैन्य अभ्यास जारी राख्ने बताएका थिए ।

यद्यपि ताइवानको यातायात मन्त्रालयले आफ्नो अधिकांश हवाइ र सामुद्रिक यातायात सेवा सुरु भइसकेको बताएको छ । यसबीच चीनबाट कडा प्रतिक्रियाहरु लगातार आइरहेका छन् । चिनियाँ विदेशमन्त्री वाङ यीले पछिल्लो बयानमा ताइवान संयुक्त राज्य अमेरिकाको हिस्सा नभएर चिनियाँ भूमि भएको स्पष्ट रहन सुझाएका छन् । यसबीच ताइवानलाई लिएर चीनको पक्ष र विपक्षमा केही मुलुकहरु खुल्न थालेका छन् ।

ताइवानलाई लिएर अमेरिका र चीनबीच जारी तनावका बीच इरानले चीनको ‘एक चीन’ नीतिलाई खुलेर समर्थन गरेको छ । इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलाहयनले पूर्वी एसियामा भइरहेको गतिविधिको सन्दर्भमा चीनसँग अमेरिकाले गरेको व्यवहारको निन्दा गरेका छन् । यता माल्दिभ्स सरकारले पनि एक–चीन नीतिप्रति आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ । यद्यपि स्थानीय सञ्चारमाध्यमहरूका अनुसार यसबारे कुनै आधिकारिक वक्तव्य भने जारी नगर्ने बताएको छ ।

विभिन्न सञ्चारमाध्यमहरूको प्रश्नहरूको जवाफ दिँदै विदेश मन्त्रालयले ‘एक चीन’ नीतिमा माल्दिभ्स प्रतिबद्ध रहेकोमा जोड दिएको छ । यसैबीच नेपाल, पाकिस्तान र श्रीलङ्का सरकारले पनि एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहो¥याइसकेका छन् ।

एक चीन नीति नै मान्दै आएको अमेरिकाले भने ताइवानलाई लिएर बेइजिङले उत्तेजना फैलाउन खोजेको र अनुत्तरदायी काम गरेको भन्दै उसको चर्को आलोचना गरेको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७१ मा एक चीन नीति अनुमोदन गरेको थियो । केही दिन अघि मात्रै पनि राष्ट्र संघका महासचिवले समेत एक चीन नीतिमा प्रतिबद्ध रहेको बताएका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top