×

NEPAL TIMES UPDATES

Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-03-2083 || Nepal Times
Apr 16, 2026
Playing
सम्पत्ति छानबिन आयोगको रडारमा जिवितदेखि दिवंगतसम्म,पूर्वराजाको के हुन्छ ? || Nepal Times
Apr 16, 2026
Playing
“जो जान्दछन् तिनीहरू बोल्दैनन्, जो बोल्दछन् तिनीहरू जान्दैनन्“ || Nepal Times
Apr 16, 2026
Playing
हिजोका विद्रोही गगन, आजका ’कठोर’ सभापति || Nepal Times
Apr 16, 2026
Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026

नागरिकता विधेयक बारे प्रचण्डको नयाँ खुलासा , प्रचण्ड चितवन ३ बाटै चुनाव लड्ने

२५ श्रावण २०७९

२५ साउन,काठमाण्डौ ।
जापान भ्रमणमा रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई महत्वपूर्ण खुलासा गरेका छन । सरकारले निर्वाचनको मिति तोकिसकेको अवस्थामा प्रचण्डले चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्ने घोषणा गरेका छन् भने संसद्बाट पारित भएर राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पुगेको नागरिकता विधेयक फिर्ता भए सरकारले फेरि पठाउने बताएका छन् ।

पत्रकार महासंघ जापानको टोकियो शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो घोषणा गरेका हुन् । कास्की वा चितवनमध्येबाट कुन ठाउँबाट निर्वाचन लड्दै हुनुहुन्छ भन्ने पत्रकारहरुको प्रश्नको जवाफमा प्रचण्डले भनेका छन्, ‘म चितवनबाटै लड्छु । मैले एकदम प्रष्टसँग ४÷५ महिना अगाडिदेखि भनेको छु । म अन्तबाट होइन । अहिले चितवनबाटै चुनाव लड्छु । चितवनको पनि क्षेत्र नम्बर ३ बाट नै चुनाव चड्छु क्लियर हुनुहोला । बरु तपाइहरु जापानमा बस्ने साथीभाइहरुले पनि सहयोग गर्नुहोला भन्ने अपेक्षा छ । किनकी मैले भनेको छु, म एउटा राष्ट्रिय लिडरको हैसियतले देशभरीको विकास र देशभरीको समृद्धि नै सोच्छु मैले । देशको केन्द्रविन्दुमा भएको र विकासको तीव्र गतिमा अगाडि जाने सम्भावना भएको हुनाले देशैभरीलाई एउटा सन्देश जाओस् भनेर पनि मैले चितवनलाई महत्व दिइराखेकै छु ।’

Advertisement
Advertisement

अध्यक्ष प्रचण्डले देशका विभिन्न ठाउँबाट आफूलाई निर्वाचन लड्नका लागि अनुरोध आएको बताए । उनले भने, ‘मलाई चुनाव लड्नुपर्यो भनेर रुकुमका साथीहरुले गोरखाका साथीहरुले, धनुषाका साथीहरुले, सिरहाका साथीहरुले, कालिकोटका साथीहरुले धेरैले भन्नुभएको छ । तर मैले सबै साथीहरुलाई धन्यवाद भन्दै म चाही यो पटक चितवनबाटै लड्छु भनेको छु ।’

यस्तै प्रचण्ड राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गरे सरकारले फेरी संसद्मा पेश गरेर पारित गराउने बताएका छन् । संसद्बाट पारित भएर स्वीकृतीका लागि राष्ट्रपति समक्ष पुगेको विधेयक फिर्ता गर्नुपर्ने भनी विभिन्न राजनीतिक दल तथा संघ र संस्थाहरुले राष्ट्रपति समक्ष अपिल गरिरहेको बेला प्रचण्डले राष्ट्रपतिले विधेयक एक पटक मात्रै फिर्ता गर्न पाउने भएकाले फिर्ता गरे सरकारले फेरी पेश गर्ने उल्लेख गरेका हुन ।

‘राष्ट्रपतिले नागरिकता विधेयक फिर्ता गर्नु हुन्छ जस्तो मलाई लाग्दैन’ प्रचण्डले भने ’फिर्ता गरे सरकारले फेरी लैजान्छ, त्यसमा समस्या छैन ।’ नागरिकता विधेयकमा कुनै नयाँ व्यवस्था नगरिएको उल्लेख गर्दै प्रचण्डले विगतकै व्यवस्था अनुसार अहिलेको विधेयक आएको हो । नागरिकता विधेयकलाई लिएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि असहमति जनाउदै आएको छ । विधेयक राष्ट्रपति समक्ष पेश भएको दुई हप्ता पुग्दा समेत अझै जारी नहुनेले राष्ट्रपतिले विधेयक फिर्ता गर्न सक्ने विश्लेषण गर्न थालिएको छ ।

Advertisement

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top