बकर–इदले समृद्ध नेपाल निर्माण गर्ने संकल्प पूरा गरोस्ः राष्ट्रपति

६ भदौ ७५, बुधबार
Share this
782shares

काठमाडौँ, भदौ ६
राष्ट्रपति विद्यादेवी भण्डारीले बकर–इद (इदुल जोहा) पर्वले सामाजिक–आर्थिक विकासमार्फत समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय संकल्प पूरा गर्न सकोस् भनी सबैमा शुभकामना व्यक्त गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो जारी गरेको शुुभकामना सन्देशमा सामाजिक, साँस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको हाम्रो देशमा सो पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रबद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

Advertisement

एकताको वातावरण मजबुत बनाउन मद्दत गरोस्ः प्रम
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालदेखि तराईसम्म बसोबास गर्ने नेपाली मुसलमान समुदायप्रति शुभकामना प्रकट गर्दै सबैको उन्नति, प्रगति र समृद्धिको कामना गरेका छन् ।
बकर–इद इस्लामका पाँच आधारस्तम्भमध्येको एक हज (तीर्थाटन) सँग जोडिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले बकर इदको अघिल्लो दिन विश्वभरका इस्लाम धर्मालम्बीले हज गर्ने प्रचलनअनुसार यस पटक एक हजार १०० नेपाली मुसलमान हजमा सहभागी हुन लागेको जनाएका छन् ।
उनले संस्कृति, जातजाति, वेशभूषा र परम्पराको विविधता रहेको हाम्रो मुलुकमा यस पर्वले एकता र सहकार्यको वातावरणलाई अझ मजबुत बनाउन मद्दत गरोस् भनी कामना गर्दै एकता र सहकार्यको उच्चतम अभ्यासबाटै समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय लक्ष्य पूरा गरिने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले देशविदेशमा रहेका इस्लाम धर्मावलम्बीमा शुभकामना तथा बधाई ज्ञापन गरेको छ । राजपाका संयोजक महन्थ ठाकुरले विज्ञप्ति जारी गर्दै सो पर्वले सबैमा आपसी भाइचारा, सद्भाव र सुख अभिवृद्धि गरोस होस् भनी कामना गर्दै सबै किसिमको विभेद, कुरीति र रुढिवादविरुद्ध आफ्नो सङ्घर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top