×

NEPAL TIMES UPDATES

Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026

परमाणु युद्ध भए विश्वमा ५ अर्ब मानिस मारिने

३१ श्रावण २०७९

३१ साउन, काठमाण्डौ ।

रुस र युक्रेनबीचको युद्ध समाप्त हुने संभावना अहिले देखिँदैन । यही कारणले विश्वमा परमाणु युद्धको जोखिम लगातार बढ्दै गएको छ । यसैबीच, एक नयाँ अध्ययनले विश्वलाई डरलाग्दो चेतावनी दिएको छ। यदि आज रुस र युक्रेनबीच पूर्ण मात्रामा आणविक युद्ध भयो भने विश्वमा ५ अर्ब मानिसको मृत्यु हुने नयाँ अध्ययनले देखाएको छ । तर, यी सबै मानिस बमको प्रत्यक्ष प्रभावबाट नभई विश्वभर भोकमरीको प्रभावबाट मारिनेछन् ।

Advertisement
Advertisement

नयाँ अध्ययनले परमाणु बमका कारण सूर्यको किरण पृथ्वीमा पुग्न नसक्ने दाबी गरेको छ । अमेरिकाको रुटजर्स युनिभर्सिटीका वैज्ञानिकहरूले विश्वभर छ वटा सम्भावित आणविक द्वन्द्वका परिणामहरू म्याप गरेका छन्। वैज्ञानिकहरुको यो अध्ययन नेचर फुड जर्नलमा प्रकाशित भएको छ । यस अध्ययनमा उनीहरुले रुस र अमेरिकाबीच आणविक युद्ध भए आधा मानवता नष्ट हुने बताएका छन् । आणविक विस्फोटका कारण वायुमण्डल पूर्ण कालो हुने आधारमा यो अनुमान गरिएको हो ।

अनुशन्धानमा सहभागि मध्येका एक प्रोफेसर एलन रोबकले भनेका छन्, “डेटाले हामीलाई एउटा कुरा बताउँछः हामीले आणविक युद्धलाई कहिल्यै हुनबाट रोक्नै पर्छ,“ । अनुसन्धानकर्ताहरूले उनीहरूको नतिजाको लागि वायुमण्डलीय अनुसन्धान केन्द्रबाट मौसम पूर्वानुमान उपकरण प्रयोग गरेको स्काई न्युजले लेखेको छ । यस मार्फत प्रत्येक देशको प्रमुख बाली उत्पादनको अनुमान लगाइएको छ ।

ठूलो युद्धको नोक्सानी ठूलो हुन्छ तर सानो स्तरमा युद्ध भयो भने खाद्य संकटले विश्वभर नै भयावह परिणाम ल्याउछ । भारत र पाकिस्तानबीच मात्रै सानो आणविक युद्ध भए पाँच वर्षमा विश्वले सात प्रतिशत बाली उत्पादनमा कमी आउने अध्ययनले देखाएको छ । त्यसैगरी रुस र अमेरिकाबीचको युद्धमा तीन–चार वर्षमा ९० प्रतिशत बाली उत्पादन घट्नेछ ।

अन्वेषकहरूले जनावरको दाना घटाएर वा खानाको फोहोर घटाएर युद्धको तुरुन्तै पछिको क्षतिको क्षतिपूर्तिलाई पनि हेरेका छन् । तर अन्वेषकहरूले यो ठूलो स्तरको युद्धबाट कुनै राहत देखेका छैनन्। यो अनुसन्धान रुसले युक्रेनमा गरेको आक्रमणपछि आएको हो । रुसले लगातार परमाणु बम प्रयोग गर्ने धम्की दिइरहेको छ ।

आणविक युद्ध भए यसको क्षतिको पूर्वानुमान को अध्ययन सार्वजनिक भईरहदा अमेरिकी पूर्वविदेशमन्त्री तथा राष्ट्रिय सुरक्षा सल्लाहकार ९९ वर्षीय हेनरी किसिन्जरले अमेरिका चीन र रुससँग युद्धको सम्मुखमा रहेको बताएका छन् । वाल स्ट्रिट जर्नललाई अन्तरवार्ता दिँदै किसिन्जरले यसले कस्तो परिस्थिति सिर्जना गर्छ भन्ने आफूहरूसँग ज्ञान नभएको बताएका छन ।

अमेरिकाले तनाव चर्काउन नहुने र विकल्प दिनुपर्ने उनको सुझाव छ । साथै किसिन्जरले अहिलेको भावनाप्रति विदेश नीति निकै उत्तरदायी रहेको पनि बताएका छन् । रुसलाई उक्साउन अमेरिकाले केही भूमिका खेलेको भएपनि अमेरिकाले अब युक्रेनलाई औपचारिक रूपमा होस् या नहोस् नेटो सदस्यको रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ छ ।

Advertisement

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top