×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब ३०

६ भाद्र २०७५

काठमाडौँ, भदौ ६
सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ ।कोषद्वारा सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा कूल मौज्दातमध्ये रु पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइयो ।

नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करीब रु एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना भएको उक्त कोषमा अहिले नगद मौज्दात रु ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रहेको छ ।कोषको मौज्दातमध्ये नेपाल राष्ट्र बैंकले समस्या घोषणा गरेका बैंक तथा वित्तीय संस्थासँग सैनिक कल्याणकारी कोषले प्राप्त गर्नुपर्ने सावाँ रु २२ करोड ९७ लाख ६७ हजार रहेको छ ।

Advertisement
Advertisement

Advertisement

कोषले बहालवाला तथा भूपू सैनिकका परिवारका लागि स्वास्थ्य, शिक्षा रोजगारी तथा आवास क्षेत्रमा सहयोग पु¥याउँदै आएको छ । उक्त कोषको मुख्य स्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने ब्याज, शान्तिसेनाबाट प्राप्त हुने रकम, शिक्षण संस्थाबाट प्राप्त हुने शुल्क र विभिन्न आयमूलक परियोजनाबाट हुने रकम हो ।
रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top