×

NEPAL TIMES UPDATES

Playing
World News: वार्तामा Pakistanको ‘ब्रेक थ्रु’, ४४० किलो युरेनियम बाधक, Ukraineमा भीष*ण आ*क्रम*ण
Apr 16, 2026
Playing
सुधन गुरुङ : सिस्टम बदल्न हिँडेका यात्री ?रास्वपामा किन उठ्यो प्रश्न ? || Nepal Times
Apr 16, 2026
Playing
चीनले कसरी इरानलाई बलियो बनायो ? ट्रम्पले दिए चेतावनी || Nepal Times
Apr 16, 2026
Playing
रास्वपाको मुख्य सचेतकमा कविन्द्र, सचेतकमा प्रकाश र क्रान्तिशिखा,लेबी तोकियो || Nepal Times
Apr 16, 2026
Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026

सुन तस्करी प्रकरण : निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगीलाई थुनामा राख्न आदेश

६ भाद्र २०७५

विराटनगर,भदौ ६
मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अनुसन्धानका क्रममा खुलेको करिव ३८ क्वीन्टल सुन तस्करी प्रकरण मुद्दामा जिल्ला अदालत मोरङबाट  धरौटी र साधा तारिकमा छुटेका दुई प्रहरीलाई उच्च अदालत विराटनगरले थुनामा राखेर मुद्धाको प्रकृया अघि बढाउन आदेश दिएको छ ।सुन तस्करी प्रकरणमा मुछिएका निलम्बित एसएसपी श्यामबहादुर खत्रीका सहयोगी र सवारी चालक प्रहरी हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खडकालाई पूर्पक्षमा राखी मुद्धाको प्रकृया अघि बढाउन उच्च अदालत मोरङले आदेश दिएको हो ।

जिल्ला अदालत मोरङका न्यायाधीस नारायणप्रसाद शर्माको इजलासले जेठ ८ गते प्रहरी हवल्दार अम्बरबहादुर थापा साधा र प्रहरी जवान विष्णबहादुर खड्कालाई १५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्लाको आदेश रित पूर्वक नभएको ठहर गर्दै सरकारी वकिलको कार्यालय मोरङले अदालती बन्दवस्तीको १७ नम्बर गरेको थियो । मुद्धामा मंगलबार उच्च अदालत विराटनगरका न्यायधीश उमेशराज पौडेल र सादुराम सापकोटाको संयुक्त इजालसले खड्का र थापालाई थुनामा राखेर कारबाही प्रकृया अघि बढाउन आदेश दिएको उच्च अदालतमा रजिस्टार नारायण रेग्मीले जानकारी दिए ।

Advertisement
Advertisement

एसएसपी खत्री यसै प्रकरण मुद्दामा पुर्पक्षको लाथि झुम्का कारागारमा थुनामा छन् ।सुन तस्करी प्रकरणमा गत बिहिवार उच्च अदालत विराटनगरले सुन तस्करी प्रकरणमा पुर्पक्षकालागि थुनामा रहेका प्रतिवादीहरु पुन्यप्रसाद लामा,संविरप्रसाद तोलाङ्गे र राजन कुमारलाई थुनामा राखेर मुद्धाको प्रकृया अघि बढाउने जिल्ला अदालत मोरङको आदेशलाई सदर गरेको थियो ।

सरकारी वकिलको कार्यालय मोरङले गत बैसाख १९ गते साढे ३३ किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा खुलेको करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरण र सनम शाक्य हत्या अभियोगमा ६३ जनालाई बिपक्षी बनाएर जिल्ला अदालत मोरङमा ‘अपराधिक समुह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरिर बन्धक र कर्तब्य ज्यान’ मुद्धा दायर भएको थियो ।

Advertisement

सो मुद्धामा जिल्ला अदालत मोरङले एकसाता लामो थुनछेक बहसपछि जेठ ८ गते तत्कालिन समयमा पक्राउ परेका ३० मध्ये २८ जनालाई थुनामा राखेर मुद्धाको पुर्पक्ष गर्न आदेश दिएको थियो भने खडका र थापालाई तारेखमा छाडेको थियो । मुद्धामा सन २०१५ जुलाई यता १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैँया बरावरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम अबैध रुपमा सुन आयात गरिएको दाबि गरिएको थियो ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top