आज नेप्सेमा सामान्य सुधार

७ भदौ, काठमाडौं ।

मंगलबार सेयर बजारमा सामान्य सुधार भएको छ । साताको तेस्रो कारोबार दिन मंगलबार बजार परिसूचक नेप्से १।८५ अंक ९०।०९ प्रतिशत० ले वृद्धि भएर २०५४।९८ अंकमा बन्द भएको छ ।

नेप्सेमा सामान्य सुधार भएपनि कारोबार रकम भने झनै ओरालो लागेको छ । आइतबार २ अर्ब माथिको कारोबार भएको बजारमा सोमबार करिब १ अर्ब ७३ करोडको कारोबार भएको थियो । तर, मंगलबार भने कारोबार रकम झनै घटेको छ । नेप्सेमा मंगलबार ४० लाख ३१ हजार २५ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ३५ लाख ६१ हजारको कारोबार भएको छ । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको १४ करोड २१ लाख ९० हजारको कारोबार हुँदा रिडी हाइड्रोपावरको ७ करोड ६५ लाख ९८ हजारको कारोबार भएको छ ।

Advertisement

दिनभर बजारमा १८६ कम्पनीको सेयर कारोबार भएकोमा १०४ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७१ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ११ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।मंगलबार कारोबार भएका मध्ये रुरु जलविद्युत् कम्पनीको सेयरमूल्य १० प्रतिशत, मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य ९।९९ प्रतिशत र अपर हेवाखोला जलविद्युत् कम्पनीको सेयर मूल्य ९।९७ प्रतिशतले बढेर सर्किट लेभलमा बन्द भएको छ ।

यता सिद्धार्थ इक्विटी फण्डको इकाइ मूल्य ६।८८ प्रतिशतले गिरावट भएको छ । यस्तै सिटिजन्स म्युचुअल फण्ड १ को इकाइ मूल्य ५।५७ प्रतिशतले गिरावट भएको छ । सूचीकृत कम्पनीमा समालिङ पावर कम्पनीको सेयर मूल्य ३।९३ प्रतिशतले बढेको छ ।

Advertisement

 

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

बंगलादेशको मोंगला बन्दरगाह चीनले विस्तार गर्ने, दिल्लीलाई फेरि झट्का

Oplus_16908288

फ्रान्सविरुद्ध स्वीडेनः खेल जित्ने सम्भावना ७५.१ प्रतिशत

Kylian-Mbappe-France-vs-Alexander-Isak-Sweden

अन्तिम समयमा जापानको सपना चकनाचुर

images (11)

आज यी भूभागमा हुँदै छ भारीदेखि धेरै भारी वर्षा

mausam-2075-12-18-768x388

भेनेजुएलामा ५ दिनसम्मपनि भग्नावशेषबाट चमत्कारिक उद्धार

venezueala earthquake

राहदानी विभागका महानिर्देशकसहित ७ जनाको थुनछेक बहस सकियो

e-passport

 हराएको रैथाने धानको बाला फेरि खेतमा झुल्दै

733374161_2103140983879869_4605619504120523340_n

जापान भर्सेस ब्राजिलः एसियाली पावर हाउसले विश्व विजेतालाई रोक्ला ?

brazil; team

रोनाल्डोले विश्वकप ट्रफी उचाल्ने घानाका तान्त्रिकको भविष्यवाणी

97a1f16f-8f62-44c3-9244-1967faa97a60

अफगानिस्तानभित्रै पसेर पाकिस्तानको सैन्य कारबाही

afghanistan-pakistan-friendship-flags-waving-600nw-2614082565

सम्बन्धित समाचार

Scroll to Top