काठमाडौं,भदौ ६
काठमाडौं महानगरले स्मार्ट पार्किङको लागि आगामी सोमबार बोलपत्र आब्हन गर्ने भएको छ । महानगरले स्वदेशी वा विदेशी दुबै कम्पनीहरुलाई काम गर्न पाउने गरी बोलपत्र आब्हन गर्न लागेको हो ।बोलपत्रको अन्तिम तयारी भैरहेको महानगरका पुर्वाधार प्रमुख महेश काफ्लेले बताए । “हामीलाई जनता र मेयरबाट यति दबाब आइसक्यो कि हामीले कुनै हालतमा यो काम गर्नु पर्ने अवस्था छ, यस आयोजना १ अर्ब रुपैंयामा निजी क्षेत्रलाई दिने तयारी गरेका छौं, काफ्लेले भने आइतबारसम्ममा आयोजनालाई अन्तिम रुप दिन सकिए सोमबार बोलपत्र आब्हन गर्नेछौ ।”
काफ्लेका अनुसार बोलपत्रका लागि १५ दिनको समयअवधि दिइनेछ । त्यसपछिको १५ दिनमा कम्पनी छनोट गरिनेछ । आवश्यक प्राविधिक र दक्ष जनशक्तिको अभावमा काम छिटो सञ्चालन गर्न नसकिएको महानगरका प्रवक्ता ज्ञानेद्र कार्कीले बताए । उनले भने हाम्रो देशमा दक्ष प्राविधिक जनशक्ति रहेको छैन, यसको लागि अन्तर्राष्ट्रिय जनशक्ति आवश्यक हुन्छ । त्यसैले समयमै काम शुरु गर्न नसकिएको हो । स्मार्ट पार्किङ महानगरको महत्वपुर्ण काम भएकोले अब अघि बढ्नेछ ।
पार्किङ निर्माणको लागि धर्मपथमा महानगरले २ रोपनी जग्गा तयार गरिसकेको छ । यस पार्किङमा भर्टिकल पार्किङ, अन्डरग्राउन्ड पार्किङ गर्न सकिनेछ । ई पार्किङमा केहि समयमै सजिलै सवारी पार्किङ गर्न सकिनेछ । पुराना पार्किङ भन्दा ई पार्किङ आर्थिक रुपले सस्तो पर्न जाने महानगरले विस्वास गरेको छ ।
यस पार्किङमा १५० वटा कार पार्किङ गर्न सकिनेछ । बागबजार, खिँचापोखरी, कलंकी, महाराजगन्ज, सामाखुसी, कोटेश्वर, बल्खु, कौशलटार, जडीबुटी, बानेश्वर, तीनकुने, न्युरोडलगायत क्षेत्रमा पार्किङ नहुँदा सडकमै सवारीसाधन पार्किङ गर्ने गरिएको छ । काफ्लेका अनुसार दरबारमार्गमा पनि साइकल, मोटरसाइकल, कार, जीप लगायतको सवारी पार्किङ गर्न सकिने गरि स्मार्ट पार्किङ निर्माण गरिनेछ ।
स्मार्ट पार्किङमा अग्रीम बुकिङ समेत गर्न सकिनेछ । पार्किङबाट कति रकम तोक्ने पछि नै निर्णय हुने पुर्वाधार प्रमुख काफ्लेले बताए । प्रत्येक तलामा २० वटासम्म कार पार्किङ गर्न सकिनेछ । १ देखि माथिल्लो तलामा इलेक्ट्रिक मार्फत कार राख्न र निकाल्न सकिनेछ ।
आयोजना एक वर्ष ढिलो गरि शुरु हुने भएको हो । काठमाडौंमा पार्किङको समस्या कम गर्नको लागि धर्मपथ, दरबारमार्ग लगायतको स्थानमा बनाउन २०७४ ०७५ कै नीति तथा कार्यक्रममा समेटेको थियो ।
यस्तो बन्नेछ पार्किङ :