बालेनको सफलताले हर्कको मन पोल्यो

९ भदौ ,काठमाण्डौ ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले कानून विपरित अनधिकृत रुपमा बनाएका संरचनामा डोजर चलाएर सर्वसाधारणको तर्फबाट वाहवाही बटुलिरहेको अवस्थामा केही साना व्यवसनयी उनकाविरुद्ध नारावाजीमा उत्रिएका छन् । तिनै व्यवसायीको पक्ष लिदै धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले  मेयर बालेनलाई सुझाव दिएका छन् ।

धरानका मेयर साम्पाङको ध्यान पछिल्लो केही देखि आफ्नो उपमहानगरमा भन्दा पनि काठमाडौंमा बेसी छ । केही दिनअघि काठमाडौं पुगेर फर्केदेखि उनी यहाँका मेयर साहविरुद्ध सामाजिक सञ्जालमा लगातार खनिदै आएका छन् । फोहोर व्यवस्थापनबाट सुरु भएको उनको सुझावसहितको प्रहार अहिले बालेनले चलाएको डोजरसम्म आईपुगेको छ ।

अहिले काठमाडौंका मेयर साह सडक मिचेर गरिएका फुटपाथ व्यवसाय तथा अन्डरग्राउन्डका पसलहरू हटाउन व्यस्त छन् । उनको यो कार्यले सामाजिक सञ्जालमा वाहवाही बटुलिरहेको छ । यद्यपि, साना व्यवसायीहरू भने महानगरसँग क्रुद्ध छन् । हिजो उनीहरूले महानगर अगाडि बालेनविरुद्ध नारावाजीसमेत गरेका थिए ।

यही साना व्यवसायीको आवाजमा धरानका मेयर साम्पाङले आफ्नो आवाज थपेका छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै बालेनप्रति असहमति र साना व्यवसायीप्रति सहानुभूति दर्शाएका हुन् । व्यवस्थापन र पुनर्वासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नहुने साम्पाङको मत छ ।

‘सबैको बाँच्ने अधिकार हुन्छ,’ उनले भनेका छन् । अर्को स्टाटसमा साम्पाङले गरिबलाई हेप्नेहरू धुलीसात भएर जाने चेतावनी दिएका छन् । ‘यो संसार तिनै गरिबहरुको श्रमले चलेको छ । संसार बदल्ने शक्तिको स्रोत कहिँ छ त त्यो हो गरीबको भोको पेट र नाङ्गा आङमा,’ साम्पाङले लेखेका छन् ।

सामाजिक सञ्जालमा अति सक्रिय साम्पाङले आज बिहानै तीनवटा स्टाटस लेखे । उनी लाइभमा समेत आए । बिहानै ५ः५२ मा उनले आफ्ना आलोचकहरूप्रति लक्षित गर्दै पहिलो स्टाटस लेखेका थिए । ‘मेरो स्टाटस हेर्न मन नपराउनेहरू र मेरो कार्यहरू देख्न मन नपराउनेहरू सबैले मलाई ब्लक गरिहाल्नु । रिसाउँदै हेरिरहनुको कुनै तुक छैन ।’ उनले भनेका छन् ।

यसअघि हिजो मेयर साम्पाङले धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने बताएका थिए । उनले लेखेका थिए, धरानमा नगरको विकासको लागि श्रमदान नगरे कक्षा उतीर्ण नहुने नियम लागु गरिने छ । श्रमदानको अर्थ बेस्सरी काममा जोत्ने भन्न खोजेको होइन प्रतीकात्मक हुनेछ विद्यार्थीको सहभागिता ! मेयर हर्कको यो तर्कको भने धेरैले वालश्रमसँग जोडेर आलोचना गरेका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top