दिल्लीमा आप सरकार ढाल्ने बीजेपीको दाउ

९ भदौ , एजेन्सी ।
भारतको राजधानी दिल्लीमा विधानसभाको निर्वाचनमा आम आम आदमी पार्टीबाट स्पष्ट बहुमत ल्याएर सरकार चलाईरहेका अरविन्द केजरीवाल नेतृत्वको सरकार ढाल्न सांसद खरिद बिक्रीको चर्चा सुरु भएको छ । आपको बहुमत नेतृत्वको सरकारका केही विधायक (सांसद्) खरिदबिक्रीको चर्चा शुरू भएको हो । सत्तारुढ आम आदमी पार्टी (आप) ले आफ्नो सांसद् किनेर सरकार ढाल्ने खेल भइरहेको आरोप लगाएको छ ।

केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) ले सरकार ढाल्न खोजेको आपको आरोप छ । सरकार ढल्ने चर्चाबीच आपका केही विधायक सम्पर्कविहीन भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुख्यमन्त्री अरविन्द केजरीवालले विधायक दलको आकस्मिक बैठक बोलाएका छन् । यसअघि आपका ४ विधायकले भाजपाले ३० करोड रुपैयाँ अफर गर्दै पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए ।

पार्टी विभाजन गर्न नमान्ने विधायकमाथि झूटा मुद्दा लगाउने धम्की समेत दिएको विधायकको आरोप छ । सीबीआईले दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाविरुद्ध अहिले रक्सी घोटालामा छानबिन गरिरहेको छ । यता सिसोदियाले भने सिआईबीले लगाएका आरोपहरूको खण्डन गरेका छन्।

शनिबार पत्रकार सम्मेलनमा सिसोदियाले आफूमाथि लगाइएको आरोप आधारहीन भएको बताउँदै भारतीय जनता पार्टीले मुख्यमन्त्री अरविन्द केजरीवाललाई रोक्नको लागि आफूलाई निशाना बनाएको आरोप लगाएका छन् । सिआईबीले आफूमाथि लगाएको आरोप र यसअघि बिजेपीका नेताहरूले लगाएको आरोप कतै पनि मेल नाखाएको भन्दै उनले बिजेपी अरविन्द केजरीवालसँग डराएर अहिलेको विवाद झिकेको बताएका छन् ।

उपमुख्यमन्त्री सिसोदियाले अहिलको मुख्य विषय मदिराको भ्रष्टाचार नै नभएको भन्दै मुख्यमन्त्री अरविन्द केजरीवाल देशव्यापी रूपमा इमान्दार नेताको पहिचान बनाइरहेको सन्दर्भमा बिजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीलाई जलन भएपछि बखेडा झिकिएको आरोप लगाएका छन् । सिसोदियाले २०२४ को निर्वाचन बिजेपी र आम आदमी पार्टी (आप)बीच प्रतिस्पर्धा हुने बताएका छन् ।

दिल्लीमा आपसँग ६२ विधायक छन् । बिहीवारको दलको बैठकमा कति विधायक उपस्थित हुन्छन्, त्यस आधारमा थप कदम चाल्ने आपले जनाएको छ । आप राज्यसभा सांसद् सञ्जय सिंहले पत्रकार सम्मेलन गर्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले दिल्ली सरकार ढलाउन खोजेको आरोप लगाएका थिए ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top