पार्किङस्थलमा राखिएका कुर्सी महानगरले हटाइदिएपछि राहदानी विभागद्धारा सूचना जारी

१० भदौ ७९, शुक्रबार
Share this
767shares

१० भदौ ,काठमाडौं ।

Advertisement

काठमाडौं महानगरपालिकाले शुक्रबार त्रिपुरेश्वरस्थित राहदानी विभागको पार्किङमा राखिएका कुर्सीहरू हटाएको छ । पार्किङ खाली गराउनका लागि महानगरले उक्त स्थानबाट कुर्सी हटाएको हो ।विभागको बेसमेन्ट सेवाग्राहीको होल्डिङ एरियाका रूपमा प्रयोग हुँदै आएकामा महानगरको टोलीले त्यहाँ भएका कुर्सीहरू हटाएर खाली गरिदिएको थियो ।

महानगरले बेसमेन्ट खाली गराएपछि विभागले शुक्रबारै एक सूचना जारी गरेको छ । अबदेखि उक्त स्थान सेवाग्राहीका लागि पार्किङस्थलका रूपमा प्रयोग हुने जानकारी विभागले दिएको हो ।

Advertisement

 

Advertisement

‘साविक यस विभागको Basement राहदानी आवेदकहरूका लागि Holding area का रूपमा प्रयोग हुँदै आएकोमा अबदेखि सेवाग्राहीका लागि Parking स्थलका रूपमा प्रयोग हुन काठमाडौं महानगरपालिकाले विभागको Basement खाली गराएकोले मिति २०७९/०५/१२ आइतबारका दिनदेखि उक्त Basement सेवाग्राहीका लागि Parking स्थलका रूपमा प्रयोग हुने ब्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विभागले आज जारी गरेको सूचनामा भनिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top