कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन सकेन पोसाक भत्ताको ८३ करोड

काठमाडौं ः पोसाक भत्ता शिर्षकमा सरकारले ८३ करोड ५० लाख रुपैयाँ छुट्याए पनि उक्त रकमको सदुपयोग हुन सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

कार्यालय समयमा अधिकांश कर्मचारीले पोसाक नलगाएपछि सदुपयोग हुन नसकेको हो । कर्मचारी र सेवाग्राही छुट्याउन सजिलो होस् भनेर सरकारले पोसाक अनिवार्य लगाउनुपर्ने परिपत्र जारी गरे पनि कार्यान्वयनमा कठिनाइ देखिएको समाचारमा उल्लेख छ ।

सरकारले बार्षिक पोसाक भत्ता शिर्षकमा प्रतिव्यक्ति एक जना कर्मचारीलाई १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.