भिरा इनकर्पोरेशनको प्रथम वार्षिकोत्सव सम्पन्न

१९ भदौ ७९, सोमबार

१९ भदौ, विराटनगर ।
भिरा इनकर्पोेरेशन प्रा. लि. दमकले आफ्नो प्रथम बार्षिकउत्सब आइतबार सम्पन्न गरेको छ ।

बार्षिकोत्सवका अवसरमा भिराले कम्पनी र डिलरमा उत्कृष्ट विभिन्न विधामा काम गर्ने कर्मचारीहरुलाई पुरस्कृत समेत गरेको छ ।

पुरस्कृत हुनेहरुमा कम्पनीको वाटर पिउरीफायर तर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारी वविता श्रेष्ठ, डिलरतर्फ सर्वश्रेष्ठ विक्री गर्ने कर्मचारीहरु चिनारी सप्लार्यस विर्तामोडका धनबहादुर बुढाथोकी, एम एस सप्लार्यस दमककी वविता श्रेष्ठ यस्तै पथरीका राजु प्रधान विराटचोकका विकास भण्डारी, होम प्लस इटहरीका फनिन्द्रप्रसाद पौडेल, धरानका गौरव खड्का र एम एस इन्टरप्राईजेजका चिम्नीतर्फका सर्वश्रेष्ठ कर्मचार्री अनिष थापा रहेका छन् ।

यस्तै संस्था स्थापना कालदेखि हालसम्म रहेर कम्पनीलाई योगदान दिईरहेका कर्मचारीहरु रोशन सापकोटा उत्कृष्ट टिम लिडरको भूमिका निर्वाह गरीरहेकी कंगना राई र संस्थाको उत्कृष्ट व्यवस्थापक भुपाल बस्नेत पुरस्कृत भएका छन् ।

यसैगरी पुरस्कार पाउनेमा विराटनगर डिलरका सेल्स एसोसिएट्स इन्द्र जोशी रहेका छन् भने टेक्निसियनहरु सन्दिप कार्की, डि वी पुलामी मगर, कुशल सत्याल र दुर्गा निरौला रहेका छन् ।

कार्यक्रममा कम्पनीका संचालकहरु तुल बिक्रम बस्नेत र बबिन बस्नेतले भिरा इनकर्पोेरेशन र एम एस इन्टरप्राइजेजले अहिले सम्मका प्रगति र भावी योजनाको बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

भिराले एक बर्षको अवधिमा प्रदेश १ मा ७ स्थानमा आफ्नो डिलरहरु संञ्चालनमा ल्याएर सेवा विस्तार गरिरहेको छ भने एम एस इन्टरप्राइजेजले लगभग २ सय काउन्टर बनाएको छ भिरा इनकर्पोेरेशन एण्ड एम एस ईन्टरप्राईजेजका प्रवन्ध निर्देशक मोहन बस्नेतले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top