साहित्यकार पोखरेललाई २१ हजारको पुरस्कार

विराटनगर, भदौ ७
विराटनगरमा बसेर विगत चार दशकभन्दा लामो समयदेखि साहित्य सेवामा सक्रिय प्राज्ञ विवश पोखरेल पुरस्कृत हुने भएका छन् । मातृभूमि साहित्य समाज हेटौंडाले २१ हजार नगदसहित पोखरेललाई पुरस्कृत गर्ने निर्णय गरेको छ ।

यति विकास बैंक (महालक्ष्मी विकास बैंक) संस्थापक रहेको पुरस्कारसहित सम्मानपत्र रहेको छ । पोखरेलका कविता, कथा, निबन्ध, बालसाहित्यका एक दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

लामो समयदेखि साहित्य लेखनमा सक्रिय रहने एकजना स्रष्टालाई हरेक वर्ष मातृभूमि साहित्य समाजले पुरस्कृत गर्दै आएको छ । यस्तै पोखरेलसँगै ईश्वरी स्मृति मातृभूमि साहित्यिक पुरस्कार जनकपुरका महेन्द्रकुमार मिश्र, श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार काठमाडाौंका वरिष्ठ नाटककार अशेष मल्ल र नित्यगोविन्द मातृभूमि संगीत पुरस्कार मकवानपुरका प्रयागराज मल्ललाई समर्पण गरिने भएको छ ।

Advertisement

होमनाथ बलदेवी मातृभूमि सम्मानबाट चितवनका हुसैन खा र कनक सिंह वातावरण सम्मानबाट मकवानपुरका विष्णुप्रसाद ढकाल सम्मानित हुने भएका छन् । पुरस्कार र सम्मान भदौ ९ गते शनिबार हेटौंडामा विशेष कार्यक्रमका बीच प्रदान गरिने बताइएको छ ।

Advertisement

भर्खरको समाचार

रास्वपा महाधिवेशनः आज रविसहित ६ नेताले प्रतिवेदन पेस गर्दै

727287654_1053636067323777_8135060616549882458_n

अमेरिका–इरानबिचको वार्तामा ‘उत्साहजनक प्रगति’

flags of USA and Iran

जङ्गल, खेतबारी, घर हुँदै सदनमा पसेको बाँदर !

Monkey-in-Khotang

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

सम्बन्धित समाचार

Scroll to Top