हर्कले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने

२४ भदौ , विराटनगर ।

धरान उपमहानगरपालिकाले धरानमा साबुन र बेसार फ्याक्ट्री खोल्ने भएको छ । धरान कार्यपालिकाको बैठकले साबुन र बेसार फ्याक्ट्री खोल्ने निर्णय सहित १८ वटा विभिन्न एजेन्डामा छलफल र निर्णय गरेको उपमेयर अइन्द्र विक्रम वेघाले बताएका छन् । एकान्त वातावरण र उद्योगधन्दा बस्तीमा खोल्नु उचित नभएकाले गर्दा धरान २० मा साबुन फ्याक्ट्री खोल्ने मेयरले बताएका छन् ।

मेयर हर्कले बैठकमा भने ‘ अन्य वडामा सबै थोक छ। भानु चोकमा नै सबै कुरा राख्नु पर्छ। २० नं मै यो काम गर्नु पर्छ वनले अरूलाई भवन दिने स्थानीय सरकारले फ्याक्ट्री खोलेर जनतालाई रोजगार दिन्छु भन्दा जग्गा नदिएर हुन्छ?के तपाईँहरू मलाई यो अभियानमा साथ नदिने ‘ भन्दै उक्त निर्णय पारित गर्न लगाएका थिए ।

यसअघि मेयर हर्कले सरकारले ने उद्योग संचालन गर्नपनि निक्कै अप्ठ्याराहरु रहेको बताएका थिए । यस्तै कार्यपालिका बैठकले अन्य विभिन्न निर्णय समेत गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बोसोवासीको बस्तीको तहगत क्षेत्र निर्धारण, १३ नं. वडा राई टोलका ३० परिवार भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासोकी नामावली स्वीकृत गर्ने र उक्त नामावली राष्ट्रिय भूमि आयोग, जिल्ला समिति सुनसरीमा पठाउने निर्णय भएको छ ।

यस्तै ,नगरभित्रका सम्पूर्ण सडक तथा बाटो निर्माण तथा नियमित मर्मत सम्भारका लागि आवश्यक साधन, श्रोत, उपकरण सहितको संयन्त्र खडा गर्ने निर्णय मेयर हर्कले बैठकमा सुनाएका थिए । प्रत्यक्ष प्रशारण गरिएको बैठकमा नगर परिषद्ले एकमुष्ट विनियोजन गरेको एजेन्डामा रहेको एक करोड नब्बे लाखको एक वडा एक पूर्वाधार कार्यक्रम कार्यान्वयन सम्बन्धमा बैठकमा लामै बहस भएको थियो ।

यो निर्णय अनुसार वडा नं. १५ ले सबैभन्दा बढी १७ लाख र वडा नं २० ले ८ लाख बरावरका भौतिक पूर्वाधार तर्फका योजनाहरू कार्यान्वयन गर्नेछन् । वडा नं. २० देवी गाउँ सर्दु खोला पारिको क्षेत्रलाई औद्योगिक ग्रामको रूपमा घोषणा गरिएको छ । जमिनलाई कृषि क्षेत्र र गैह्र कृषि क्षेत्र घोषणा गर्ने सम्बन्धमा वडाहरूले १५ दिनको सूचना प्रकाशन गरी जग्गाधनीहरूको निवेदन लिएर कित्ता नम्बर अनुसार सिफारिस गर्ने निर्णय पारित भएको छ ।

विद्युतीय नक्सा पास प्रणाली सफल रूपमा कार्यान्वयन भएको विषयलाई समीक्षा गरिएको छ । फुटपाथ व्यवस्थापन गरी ठेला तथा अन्य अवरोध हटाउने, कवाडी व्यवसायहरू तोकिएका स्थानमा मात्र सञ्चालन गर्न पाउने निर्णय भएको छ । होटेल रेस्टुरेन्ट सम्बन्धी मापदण्ड थप छलफल गरी आगामी बैठकमा पेस गर्न एक कार्यदल गठन गरिएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले बताएका छन् ।

अन्य निर्णयमा वडा नं ४ मा स्वास्थ्य सामाग्री ढुवानीको लागि वडा कार्यालयले भाडदर तोकिदिने, ६० जना प्रशिक्षर्थीका लागि विभिन्न ३ समूहमा बाँडेर १० महिना सञ्चालन हुने प्राविधिक तालिमका लागि विषयवस्तु छनौट गर्ने बाटोको नाम कायम गर्ने, खानेपानी मन्त्रालय र शहरी विकास मन्त्रालयबाट भइरहेको आयोजनाहरूको अध्ययनको जानकारीहरू रहेका छन् । कान्जी हाउस ( पशुचौपाया राख्ने)निर्माण गर्ने सम्बन्धमा भने कुनै निर्णय हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजालले बताएका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top