हवाई यात्रु बिमा १ करोड ७८ लाख

हवाई यात्रु बिमा १ करोड ७८ लाख

काठमाडौं : हवाई दुर्घटनामा ज्यान गुमाउनेको परिवारले अब बिमाबापत १ लाख ५८ हजार ९१० डलर (१ करोड ७८ लाख ९७९ रुपैयाँ) पाउने भएका छन् । आजको कारोबारमा समाचार छापिएको छ ।

अन्तर्राष्ट्रिय उडानमा दुर्घटना भए मृतकका परिवारले २० हजार डलर (२४ लाख रुपैयाँ) पाउँदै आएकोमा अब भने बिमा रकम ८ गुणाले बढ्नेछ ।विमान दुर्घटनाको क्षतिपूर्ति रकम बढाउने मोन्ट्रियल महासन्धि प्रतिनिधिसभाबाट अनुमोदन भएसँगै क्षतिपूर्ति रकम बढ्ने भएको हो ।

संस्कृति पर्याटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले बिहीबार संसदमा अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण व्यवस्था गर्ने मेन्ट्रियल महासन्धि पेश गरेका थिए ।उक्त महासन्धि संसदले सर्वसम्मत पारित भएको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.