निर्मला हत्या प्रकरणमा प्रहरी घटना मोड्नमै तल्लीन !

निर्मला हत्या प्रकरणमा प्रहरी घटना मोड्नमै तल्लीन !

साउन १० गते बिहान साथी रोशनी बमको घरमा गएकी छोरी निर्मला पन्त साँझसम्म घर नफर्केपछि आमा दुर्गादेवी आत्तिईन । उनले प्रहरी गुहारिन् ।गाउँलेले पनि खोजी गरिदिन प्रहरीलाई आग्रह गरे ।

दुर्गादेवीले प्रहरीचौकीमा राति दुई बजेसम्म बसेर छोरी खोजिदिन अनुनयविनय गरिन्, तर, प्रहरीले आनाकानी गरेर उनको अनुरोध मानेन् ।प्रहरीले त्यही साँझ छोरीको खोजी गरिदिएको भए सास नभेटिए पनि दोषी पत्ता लाग्न सक्थ्यो, उनले भनिन्, प्रहरीले त्यही साँझ भनेको ठाउँमा खोजी नगरिदिँदा छोरीलाई बलात्कारपछि हत्या गरी हत्याराले उखुवारीमा लगेर फाल्ने मौका पाए ।

आफुले निर्मलाको साथी रोशनीको घरमा खानतलासी गरिदिन प्रहरीलाई आग्रह गरेको उनले बताइन् ।प्रहरीको पहिलो दिनकै व्यवहारबाट असन्तुष्ट स्थानीयले निर्मलाको शव फेला परेको साउन ११ गदेतेखि दोषी पत्ता लगाउन माग गर्दै प्रदर्शन सुरु गरे ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.