सांसद निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

सांसद निरु पाल धम्की प्रकरणः तीन सातासम्म अनुसन्धान अपुरो

काठमाडौं : १५ साउन साँझ ८ बजे नयाँ बानेश्वरको थापागाउँस्थित गल्लीमा सांसद निरुदेवी पाललाई एक अपरिचितले पेस्तोल ताकेर ज्यान मार्न धम्की दिएको खबर सार्वजनिक भयो ।तेस्रो दिन महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको संयोजकत्वमा छानबिन टोली पनि गठन भयो । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

छानबिनको २० दिन बितिसक्दा पनि समितिले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन । प्रहरीको अनुसन्धान अपुरो हुँदा घटना नै वास्तविक होइन कि भन्ने सन्देह पैदा भएको छ ।र, घटना वास्तविक नै हो भने र सार्वभौम संसद्को सदस्य तथा सत्तारुढ दलको नेतालाई राजधानीमै कसैले कन्चटमा पेस्तोल ताक्छ र दोषी पक्राउ पर्दैन भने सर्वसाधारणको सुरक्षा पक्कै पनि संकटमा छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.