×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

नेपालको दोस्रो अभ्यास खेल आज

८ भाद्र २०७५

एजेन्सी, भदौ ८
एसिया कप छनोट खेलको तयारीका लागि श्रीलंका पुगेको नेपाली क्रिकेट टोलीले शुक्रबार दोस्रो अभ्यास खेलमा श्रीलंकाको ब्लुमफिल्डसँग खेल्दैछ । पहिलो खेलमा शानदार प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो अभ्यास खेलमा पनि सुखद् नतिजा निकाल्ने दाउमा रहेको छ ।

श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लब पुरानो क्रिकेट क्लब हो । सन् १८९२ मा स्थापना भएको यस क्लबले श्रीलंकाको फस्ट क्लास लिग प्रिमियर ट्रफी ८ पटक जितिसकेको छ ।

Advertisement
Advertisement

श्रीलंकाका लिजेण्ड सनथ जयसूर्या जस्ता खेलाडीले खेलिसकेको यो क्लबले सन् २०१० को सिजन प्रिमियर ट्रफी जितेको थियो । यस क्लब अहिले निपुन करुणानायकेको कप्तानीमा रहेको छ । यस क्लबमा हाल उमेर समूहमा उच्च प्रदर्शन गरेका खेलाडीको बाहुल्यता रहेको छ । युवा खेलाडीको बाहुल्यता रहे पनि यस क्लबका अधिकांस खेलाडीले लिस्ट ए क्रिकेट खेलिसकेका छन् ।

Advertisement
Advertisement

यो टोलीसँग नेपाली टोलीले जित हासिल गर्नु त्यति सहज नभए पनि नेपाली टोलीले धैर्यता गुमाएका छैनन् । पहिलो अभ्यास खेलमा श्रीलंकाको आर्मी क्रिकेट टिममाथि ६७ रनको जित हासिल गरेसँगै नेपाली खेलाडीमा थप उर्जा मिलेको छ । अभ्यास खेलमा जित हासिल गर्नुभन्दा पनि नेपाली टोलीको प्रमुख लक्ष्य भने एसिया कपमा स्थान बनाउनु रहेको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top