×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

एमबाप्पेलाई अनुबन्धन गर्न रियलको कसरत

८ भाद्र २०७५

एजेन्सी, भदौ ८
रियल पिएसजीका युवा स्टार खेलाडी केलियन एमबाप्पेलाई अनुबन्ध गर्न प्रयासरत रहेको खुलेको छ । सिजनको ट्रान्फर विन्डो बन्द हुनुभन्दा पहिले एमबाप्पेलाई अनुबन्ध गर्न रियल कसरतमा जुटेको छ । यस अवस्थामा पिएसजीले आर्थिक फेयर–प्लेको उलंघन गरेको आरोप रियलका लागि सहयोगी हुने सम्भावना बढेको छ । फ्रान्सेली पक्ष सोमबारसम्म एमबाप्पेलाई अनुबन्ध गर्दा खर्चेको १६० मिलियन पाउण्डको जोहो गर्ने विकल्प खोजिमा रहेको थियो । उनी गत सिजन मोनाकोबाट लोनमा पिएसजी पुगेका थिए ।

युईएफएले अगस्ट ३० सम्म पिएसजीको एफएफपी स्थीतीको समाधान गरि सक्नु पर्ने बताएको छ । यदि पीएसजीले नियम पालना नगरेको खण्डमा एमबाप्पेलाई अनुबन्ध गर्न असमर्थ हुने बताइएको छ । जसरी अहिले पिएसजी आफ्नो फाइदाका लागि एमबाप्पे अनुबन्ध गर्न हतारमा छ त्यसरीनै अनुबन्ध गर्न नसके बेच्नका लागि बाध्य हुनेछ ।

Advertisement
Advertisement

रियल अध्यक्ष फ्लोरेन्टिनो पेरेज पहिले देखिनै एमबाप्पेलाई अनुबन्ध गर्न तयार रहेका छन् । यदी रियलसँग उनलाई अनुबन्ध गर्न २४ घण्टाको समय मात्र भएपनि रेकर्ड हस्ताक्षर गर्न सफल हुने बताइएको छ । एमबाप्पे पेरेजलाई मन पर्ने खेलाडी तथा आउने दशकका लागि आफ्नो हमलाको नेतृत्व गर्न सक्ने क्षमता भएको क्लबको बुझाई छ ।

Advertisement
Advertisement

एमबाप्पेले पीएसजीका लागि लिग वनको पहिलो खेलमा दुई गोल गरिसकेका छन् । जबकी गत सिजन उनले २४ खेल खेल्दै १३ गोल र ८ असिष्ट गरेका थिए । फ्रान्सले विश्वकप जित्दा पनि प्रभावशाली प्रदर्शन गरेका एमबाप्पेले उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका थिए । रियलले उनकै लागि हालसम्म रोनाल्डोले छाडेको ७ नम्बर जर्सी बचाएको पनि बुझिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top