×

NEPAL TIMES UPDATES

Playing
अमेरिकी नीतिविरुद्ध चीन–रुस, ‘गोल्डेन डोम’को निन्दा || Nepal Times
May 21, 2026
Playing
धेरै ठाउँमा गर्मी, बागमतीमा थप वर्षा
May 21, 2026
Playing
धनगढीका मेयरले भागेर ज्यान जोगाए, हुम्लीले पुल भत्काएर लखेटे || Nepal Times
May 21, 2026
Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026

सिटीले गोलरक्षक फिर्ता बोलायो

८ भाद्र २०७५

एजेन्सी, भदौ ८
दोस्रो रोजाइका गोलरक्षक ब्राभो घाइते भएपछि म्यानचेस्टर सिटीले लोनमा नेदरल्यान्ड्सको क्लब पुगेका १९ बर्षीय गोलकिपर एरो म्युरीचलाई क्लबमा फिर्ता बोलाएको छ । डच साइड क्लब एनएसी ब्रेडामा एक वर्षका लागि आवद्ध भएका म्युरीचलाई दोस्रो रोजेका गोलकिपर क्लाउडियो ब्राभो प्रशिक्षणमा घाइते भए पछि क्लबमा फिर्ता बोलाइएको हो ।

चिलीका कप्तान समेत रहँदै आएका ब्राभो सोमबार प्रशिक्षणका क्रममा घाइते भएका थिए । उनी एडरसन पछिको पहिलो रोजाइका खेलाडी थिए । ३५ वर्षीय ब्राभो बिहिबार मेडिकल परिक्षणका लागि बार्सिलोना प्रस्थान गरेका छन् । उनी केही महिना मैदान बाहिर रहन सक्नै अनुमान गरिएको छ । सिटीले ट्रान्सफर विन्डो बन्द हुनुअघि मात्र इंग्ल्यान्डका गोलरक्षक जो हार्टलाई बर्नली पठाएको थियो । अर्का युवा गोलरक्षक गन पनि सिटी छाडेका थिए ।

Advertisement
Advertisement

मोन्टेनेग्रोका यु–२१ खेलाडी म्युरीच एक सिजन लामो लोनमा गएपनि सिटीको मागसँगै फर्किएका छन् । उनी बिहिबार क्लब आएर शनिबार प्रिमियर लिगमा वल्भसविरुद्ध हुने खेलमा उपलब्ध हुने बुझिएको छ । म्युरीच सन् २०१५ मा स्विटजरल्यान्डको ग्रासहोपरबाट सिटी पुगेका थिए । पछिल्लो सिजन उपाधि जित्दा उनी क्लबका लागि तेस्रो रोजाइका गोलकिपर थिए ।

Advertisement
Advertisement

ब्राभोको चोट गम्भीर भएको अवस्थामा क्लबले जनवरीमा नयाँ गोलरक्षक ल्याउने सम्भावना पनि बढ्ने छ । एडरसन एक्लै पुरै सिजन एक्लै खेल्न फिटनेसको हिसाबले पनि कठिन हुनेछ । म्युरीच उच्च स्तरमा पहिलो रोजाईका लागि तयार नभएको अवस्थामा सिटीले नयाँ खेलाडी अनुबन्धन गर्न सक्छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top