×

NEPAL TIMES UPDATES

Playing
इस्लामाबाद सेनाको नियन्त्रणमा, रेड जोन सील, सडकदेखि होटलसम्म कडा सुरक्षा || Nepal Times
Apr 10, 2026
Playing
हामीले उपसभामुखमा पदमा भोट त हाल्यौं तर `नो भोटमा´: रामवहादुर थापा|| Nepal Times
Apr 10, 2026
Playing
चेङ्ग लि–वुन नेतृत्वमा आए ताइवानमा चीनको राज, विलय गराउँदैछ चीन ? || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा रुबी ठाकुर निर्वाचित, रचिन् इतिहास || Nepal Times
Apr 10, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-27-2082 || Nepal Times
Apr 10, 2026
Playing
उपसभामुखमा साथ नपाएपछि रास्वपासँग रिसाए ज्ञानेन्द्र र खुश्बु || Nepal Times
Apr 10, 2026
Playing
ओली–लेखक जमानतमा रिहा, मुद्दा ज्यूँका त्यूँ, अब के हुन्छ ? || Nepal Times
Apr 10, 2026
Playing
देउवालाई इन्टरपोल मार्फत नेपाल ल्याउन छैन् सहज || Nepal Times
Apr 10, 2026
Playing
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई गरेको सम्बोधनको पूर्ण पाठ || Nepal Times
Apr 10, 2026
Playing
रुबीलाई बहिनी भनिएकोमा हर्कको आपत्ति,माननीय भनौं, ज्येष्ठ नागरिकलाई सम्मान गरौं|| Nepal Times
Apr 10, 2026

भारतीय एसएसबी प्रमुख किन आउँदैछन् नेपाल ?तुईन प्रकरण सोधिएला ?

१० आश्विन २०७९

१० असोज, एजेन्सी ।

भारतीय सशस्त्र सीमा बल (एसएसबी) का प्रमुख सुजोय लाल थाओसेन मंगलबार नेपाल आउँदैछन् । नेपालको सशस्त्र प्रहरी (एपीएफ) र एसएसबीबीच आयोजना हुन लागेको वार्षिक समन्वय बैठकमा भाग लिन थाओसेन मंगलबार काठमाडौं आउन लागेका हुन् ।

Advertisement
Advertisement

बैठक असोज ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुँदैछ । उक्त बैठकमा अन्तर्राष्ट्रिय सीमा सुरक्षालगायत सीमामा हुने अन्तरदेशीय शङ्कास्पद गतिविधिलाई कसरी रोक्ने, सीमा सुरक्षा रणनीतिको समीक्षा गर्दै भावी रणनीतिबारे छलफल हुने बताइएको छ ।

यस्तै एपीएफ र एसएसबीबीच सूचना आदानप्रदान लगायत अन्तरदेशीय सीमा सुरक्षाका भावी रणनीतिका विषयमा छलफल हुने बताइएको छ । नेपाल र भारतका सीमा सुरक्षा बलबीच सन् २०१२ देखि यस्तो बैठक हुन लागेको हो । नेपाल र भारतबीच एक हजार ८१८ किलोमिटर लामो खुला सीमा छ ।

बैठकमा नेपालका तर्फबाट एपीएफका महानिरीक्षक राजु अर्यालले टोलीको नेतृत्व गर्ने छन् भने एसएसबीका प्रमुख थाओसेनले भारतीय टोलीको नेतृत्व गर्नेछन् । गत जूनमा एसएसबी प्रमुखमा नियुक्त भएका थाओसेनलाई अगस्तमा भारत–चीन सीमा सुरक्षा गर्ने इण्डो तिब्बेतियन पुलिस (आइटीबीपी) को प्रमुखको अतिरिक्त जिम्मेवारी पनि दिइएको छ ।

आइटीबीपीले छत्तिसगढमा भइरहेको माओवादी (नक्सलवादै)गतिविधि नियन्त्रणको जिम्मेवारी पनि सम्हालिरहेको छ । भारतीय सशस्त्र सीमा बल(एसएसबी)ले नेपाल, भुटानसँग जोडिएको सीमा सुरक्षाको जिम्मेवारी पाएको छ । यस्तै नेपालमा सशस्त्र प्रहरी बलले सीमाको सुरक्षाको जिम्मा पाएको छ ।

नेपाल–भारत तथा नेपाल–चीन सीमामा सशस्त्र प्रहरी बलका जवान खटिने गरेका छन् । नेपाल र भारतका सीमा सुरक्षा बलबीच छैठौँ बैठक हुन लागेको हो । नेपाल र भारतका सीमा सुरक्षा बलबीच सहकार्य बढाउन र सीमा सुरक्षाका मुद्दामा छलफल गर्ने उदेश्यले सन् २०१२ देखि सीमा सुरक्षा बलका प्रमुखको तहमा द्विपक्षीय बैठक आयोजना गर्न थालिएको थियो ।

सन् २०१२ यता देशमा त्यसखालको बैठक आलोपालो आयोजना गरिँदै आएको छ । यसअघि सन् २०२१ को अगस्टमा भारतको नयाँ दिल्लीमा पाँचौँ बैठक आयोजना भएको थियो । उक्त बैठकमा भाग लिन तत्कालीन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल भारत गएका थिए । बैठकमा अघिल्लो बैठकले गरेका निर्णयको प्रगति समीक्षा र भावी कार्ययोजनाबारे छलफल हुनेछ ।

खुला सीमाको फाइदा उठाउँदै बेलाबखत अन्तरदेशीय अपराध, साना तथा मझौला हतियारको कारोबार, तेश्रो देशका नागरिकको अवैध प्रवेश, मानवतस्करी, चोरीपैठारी, जाली नोट ओसारपसार, अवैध वस्तुको व्यापार र लागुऔषध ओसारपसारसँग सम्बन्धित घटना हुने गरेका छन् । विगतमा भारतीय एसएसबीले नेपाली नागरिकलाई सीमामा दुर्व्यवहार गरेको घटना विगतमा सार्वजनिक भएका थिए ।

नेपालले त्यस विषयमा भारतको उच्च तहदेखि एसएसबीका अधिकारीसँगका बैठकमा पनि ध्यानाकर्षण गराएको थियो । केही वर्षयता त्यसखाले घटनामा उल्लेख्य मात्रामा कमी आएको जानकार अधिकारीहरु बताउँछन् । यद्यपी पछिल्लोपटक २०७८ असारमा भारतीय एसएसबीका जवानले तुइन काटिदिँदा महाकाली नदी तर्दै गरेका नेपालका जयसिंह धामीको मृत्यु भएको थियो ।

Advertisement

उक्त विषयमा नेपाल सरकारले भारतलाई कूटनीतिक नोट पठाएर अनुसन्धान गर्न माग गरे पनि भारतले त्यसलाई कुनै चासो दिएन । देउवा नेतृत्वको सरकारले उक्त विषय भारतीय पक्षसँग दह्रोसँग राख्न नसकेको भन्दै आलोचना पनि भइरहेको छ ।

भर्खरको समाचार

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

सम्बन्धित खबरहरु

Scroll to Top