Nepal Times
Nepal Times
3
Shares

थप ५३ जनामा कोरोना संक्रमण, मृतक शुन्य

थप ५३ जनामा कोरोना संक्रमण, मृतक शुन्य

१० असोज, काठमाडौं।

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ६२४ जनाको पीसीआर परीक्षणमा ५३ जनामा कोरोना संक्रमण देखिएको हो ।

८२५ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र १ हजार ७९९ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जना गरी ५३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।पछिल्लो २४ घण्टामा देशभर १ हजार १७८ जना सक्रिय संक्रमित रहेका छन् भने आइतबार ८४ जना निको भएका छन् ।

जसमध्‍ये १ हजार १३० जना होम आइसोलेसनमा रहेका छन् भने ४८ जना संस्थागत आइशोलेशन र १० जना आईसीयूमा छन् ।सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ५१ हजार ५९५ पुगेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.