रवीन्द्र मिश्रले त्यागे विवेकशील साझा / राप्रपा प्रवेश गर्ने साईत भोलि

१० असोज ७९, मंगलबार

११ असोज,काठमाण्डौ ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पार्टीको साधारण सदस्यबाट समेत राजीनामा दिएका छन् । मिश्रले अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् । मिश्रले सामाजिक सञ्जाल फेसबुकमा एउटा भावुक तस्बिरसहित राजीनामा पत्र पोस्ट गरेका छन् ।

उनले आफू करिब एक वर्षदेखि नेपालमा वृहत र विश्वासिलो ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ राष्ट्रवादी शक्तिको निर्माणका लागि राजनीतिक ध्रुविकरणको प्रयासमा लागिरहेको र जसमा पहिलो पाइलाले मूर्त रुप लिन लागेको भन्दै विवेकशील साझा त्यागेको बताएका छन् ।

Advertisement

मिश्रले लेखेका छन्, ‘मैले पार्टी नै परिवर्तन गर्नु पर्ने भएकोले आजकै मितिदेखि लागू हुने गरि मैले विवेकशील साझा पार्टीको साधारण सदस्यबाट राजीनामा दिएको जानकारी गराउन चाहन्छु ।’ यो आफ्ना लागि जीवनकै एउटा कठीनतम निर्णय भएको मिश्रले उल्लेख गरेका छन् । ‘लामो गृहकार्यपछि आफैँले नेतृत्व गरेको साझा, र पछि, विवेकशील साझा पार्टीलाई, मार्ग परिवर्तन गरेर, फरक दृष्टिकोण बोक्ने साथीहरूको जिम्मा लगाउँदै ‘घर’ छोडेर हिँड्नु निश्चय पनि सहज विषय होइन’, उनले उल्लेख गरेका छन् ।

राजनीति र पार्टीको प्रधान उद्देश्य राष्ट्रहित भएको उनले नेपाली राजनीतिमा, अब दुई ध्रुवमा, तीनवटा प्रमुख पार्टी रहने दाबी गरे । ‘बायाँ ध्रुव’ मा नेपाली कांग्रेस र नेकपा एमाले रहने छन्, जसको प्रणालीगत दृष्टिकोणमा समानता रहे पनि कार्यनीतिहरूमा केही अन्तर हुने मिश्रले प्रक्षेपण गरेका छन् । यी दुईकोबीचमा केही वर्ष माओवादी पेण्डुलम झैँ कहिले यता, कहिले उता गरिरहने तर समयक्रममा त्यो कि साँगुरिँदै जानेछ कि राजनीतिबाटै हराउने मिश्रको विश्लेषण छ ।

नेपाली कांग्रेस र एमालेको विपरित ‘दायाँ ध्रुव’मा ‘नरम संवर्द्धनवादी (मडरेट कन्जरभेटिभ)’ शक्ति रहने मिश्रको आशा छ । जसका लागि आफूले प्रयास गरिरहेको उनले बताएका छन् । उनले आफू पार्टीबाट टाढा रहेपनि विवेकशीलका कार्यकर्ताप्रतिको आफ्नो भावना, स्नेह र सम्मानका कुनै कमी नआउने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच भोलि एकीकरण घोषणासभा हुने भएको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले ‘राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुने’ जानकारी दिए । उनले राप्रपामा मिश्रको पद के हुने भन्ने खुलाएका छैनन् । “नेपालको राष्ट्रवादी आन्दोलनमा हामी नयाँ खबर सुनाउन आतुर थियौँ, अन्ततः सम्भव हुने भयो,” श्रेष्ठले मंगलबार बिहान फेसबुकमा लेखेका छन्, “राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको बृहत् ध्रुवीकरण पक्षधर समूहका बीच भोलि काठमाडौंमा घोषणासभा हुनेछ ।”

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top